मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

विद्या बालनले किन मागिन् पाँचतारे होटल अगाडि भिख ?

काठमाडौँ –  विद्या बालन  बलिउडका सफल अभिनेत्रीको सूचीमा पर्ने नाम हो ।  आफ्नो करियरमा धेरै उत्कृष्ट फिल्म गरिसकेकी उनी निकै विलासी जीवन बिताउँछिन् ।

तर एक पटक उनले पनि भिख माग्नु परेको थियो भने सायदै पत्याउनु हुन्न । यसको खुलासा अभिनेत्री स्वयमले गरेकी छिन् ।

म्यासेबल इन्डियालाई दिएको अन्तर्वार्तामा विद्याले भनिन्, ‘हाम्रो आइएमजी अर्थात् इन्डियन म्युजिक ग्रुप थियो । उनले प्रत्येक वर्ष शास्त्रीय सङ्गीत कन्सर्ट, भारतीय क्लासिक सङ्गीत कन्सर्टहरू आयोजना गर्थे। यो कन्सर्ट तीन दिनसम्म रातभर चलेको थियो। यो धेरै अद्भुत थियो। म पनि सोही आयोजक समितिमा थिएँ । वास्तवमा म स्वयंसेवक थिएँ। कार्यक्रम मिलाउन सहयोग गर्थ्यौँ र राति कार्यक्रम सकिएपछि नरिमन प्वाइन्ट घुम्न जान्थ्यौँ ।’

 विद्याले थप खुलासा गरिन्, ‘एक पटक मलाई चुनौती दिइयो मैले पाँचतारे होटल ओबेरोय द पाम्सको कफी सपको ढोका ढकढकाएर केही खाने कुरा माग्नु पर्न भयो ।

 विद्याले थप भनिन्,  ‘मैले लगातार ढोका ढकढकाउन थालेँ। सबैलाई रिस उठ्न थाल्यो । मैले धेरै पटक ढकढक्याएँ। मैले भनेँ, ‘प्लिज मलाई भोक लागेको छ। हिजोदेखि मैले केही खाएको छैन ।’ केही समय पछि उनीहरू अर्कै दिशामा हेर्न थाले । त्यसपछि मेरो साथी लज्जित भयो र मलाई आउन आग्रह गर्नुभयो। यद्यपि मैले सर्त जितेँ।’

विद्याले भनिन्,  ‘मलाई त्यो चुनौती जिम जाम बिस्कुटका लागि दिइएको थियो । कन्सर्टको लागि हाम्रो प्रायोजक ब्रिटानिया थियो र हामीसँग धेरै बिस्कुटहरू थिए। तर मैले जितेँ भने जिम जामको एक्स्ट्रा प्याकेट पाउँछु भनेँ र त्यो पनि पाएँ।’

 पाँच तारे होटल अगाडि भीख माग्ने विद्या करोडौँको मालिक हुन । मेन्स एक्सपीका अनुसार विद्याको हाल कुल सम्पत्ति १ सय ३६ करोड रुपैयाँ छ। 

विद्या बालन र सिद्धार्थ रोय कपुरको मुम्बईमा ८ करोड भारुको विलासी अपार्टमेन्ट छ । निर्माताले आफ्नी श्रीमतीलाई १४ करोड रुपैयाँको हवेली पनि उपहार दिएका थिए । हाल विद्याले एउटा फिल्मका लागि ३ करोडभन्दा बढी पारिश्रमिक लिन्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?