मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अन्तरिक्षमा शारीरिक सम्बन्ध सम्भव छ, के भन्छ नासा ?

एजेन्सी– अन्तरिक्षमा एस्ट्रोनट्स अर्थात खगोलविद् मात्र नभई आम मानिसहरूलाई पनि पठाउन सक्ने उपायको खोजीमा विश्वभरका वैज्ञानिकहरू लागिपरेका छन् । अन्तरिक्षमा बस्ती नै बसाउने योजना वैज्ञानिकहरूले बनाएका छन् । 

यस्तै न्यूयोर्कको एक स्पेस टेक कम्पनीले त अन्तरिक्षमै खास डिनरको आयोजना गर्ने घोषणा पनि गरिसकेको छ । योसँगै पछिल्लो समय अन्तरिक्षमा पनि शारीरिक सम्बन्ध राख्न सकिन्छ त ? भन्ने प्रश्नले समेत चर्चा पाइरहेको छ । 

केही समयअघि अमेरिकी अन्तरिक्ष निकाय नासाका पूर्वप्रमुख मेजर जनरल चाल्र्स फ्य्राङ्क बोल्डनले एउटा अन्तर्वार्तामा अन्तरिक्षमा पनि शारीरिक सम्बन्ध राख्न सम्भव हुनसक्ने बताएका थिए । 

उनले अन्तरिक्षमा पनि सबै कुरा पृथ्वीमा गरेजस्तै हुने तर शरीरलाई कन्ट्रोलमा राख्न मात्र अप्ठ्यारो पर्ने बताएका थिए । 

भविष्यमा मानिसहरू पुगेपछि कसरी सम्बन्ध राख्ने भन्नेबारे अध्ययन गरी सही यसको विकल्प खोजिने बताएका थिए । 

नासाले पनि यही जवाफलाई इन्डोर्स गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?