मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अनमोलको फिल्म ‘फर्की फर्की’को ट्रेलर सार्वजनिक

काठमाडौँ – सुपरस्टार अनमोल केसीको फिल्म ‘फर्की फर्की’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलरबाट फिल्म टाइम ट्राभलको कथामा बनेको बुझ्न सकिन्छ ।

फिल्ममा अनमोललाई स्टाइलिस रुपमा प्रस्तुत गरिएको ट्रेलरबाट बुझ्न सकिन्छ । फिल्ममा उनको अपोजिटमा अभिनेत्री जसिता गुरुङ रहेकी छन् ।

फिल्मलाई सुयोग गुरुङले लेखन तथा निर्देशन गरेका हुन् । फिल्ममा अनमोल र जसितासँगै सलोन बस्नेत, कृष्ण मल्ल, निर्मल शर्मा, रवि काफ्ले, समृद्धि अर्याल लगायतको पनि अभिनय रहेको छ ।

ओम प्रकाश अग्रवाल र रोहित अधिकारीको निर्माण रहेको फिल्मका सह-निर्माता मनोज ओली र रामु न्यौपाने तथा मोती कार्की र अनिरुद्र गिरी कार्यकारी निर्माता रहेका छन् ।

जेठ १० गते रिलिज हुने यो फिल्मसँगै बहुप्रतिक्षित मल्टिस्टार फिल्म ‘पूजार सार्की’ र पुजा शर्माको प्रमुख भूमिका रहेको ुदान्भी’ भिड्दै छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?