मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कति पुग्यो आज सुनचाँदीको मूल्य ?

जोयनेपाल
1.2k
Shares
फाइल तस्वीर ।

काठमाडौँ – नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन तोलामा ६ सय ले घटेर १ लाख ३८ हजार ६ सय कायम भएको छ ।

यसै गरी, तेजाबी सुनको मूल्य तोलाको १ लाख ३७ हजार ९ सय ५० रुपैयाँ निर्धारण भएको छ ।

यसअघि बुधबार छापावाल सुन प्रतितोला १ लाख ३९ हजार २०० रुपैयाँ कारोबार भएको थियो भने तेजाबी सुनको मूल्य तोलाको १ लाख ३८ हजार ५ सय ५० रुपैयाँमा कारोबार भएको थियो । 

त्यसैगरी आज चाँदीको मूल्य भने सामान्य बढेको छ । महासङ्घका अनुसार आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर  प्रतितोला १७ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?