मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सूर्यको वास्तविक रङ्ग कस्तो हुन्छ ?

जोयनेपाल
273
Shares
3D Illustration of Sun and Star with Cosmic Cloud in Space

काठमाडौँ– धेरैलाई अचम्म पनि लाग्न सक्छ, की सूर्य आजभन्दा ४.५ अरब वर्ष पहिलेदेखि अस्तित्वमा रहेको छ । सूर्य एकदमै तातो ग्रह हो ।

तर तपाइले सोच्नुभएको छ, सूर्यको रङ कस्तो हुन्छ भनेर । धेरै मानिसले सूर्य पहेँलो रङ्गको छ भन्ने गर्छन् । 

यस्तै सूर्योदय वा सूर्यास्त वेला यो केही सुन्तला वा रातो रङ्गमा देखिने गर्छ । तर के तपाइलाई थाहा छ, हाम्रो सौर्यमण्डलको केन्द्रमा रहेको सूर्य न पहेँलो छ न सुन्तला रङ्गको न त रातो नै ।

बीबीसी रिपोर्टका अनुसार सूर्यले निरन्तर रूपमा विभिन्न रङ्गहरू मिसिएका प्रकाश पुञ्ज फ्याँकिराखेको हुन्छ ।

यदि तपाइले सूर्यको प्रकाशलाई रङ्ग छुट्टाउने उपकरणले हेर्नुभयो भने त्यो रातो, सुन्तला रङ्ग, पहेँलो, हरियो, निलो, गाडा निलो र बैजनी रङ्गमा विभाजित भएको देखिन्छ ।

कपासजस्तो बादलले हामीलाई सूर्यको प्रकाश प्रतिबिम्बित गर्छ जुन अन्य कुनै रङ्ग नभई सेतो रङ्ग भएको र यो नै सूर्यको वास्तविक रङ्ग भएको बीसीसी रिपोर्टमा उल्लेख गरिएको छ । 

अन्तरिक्षमा प्रकाशहरू कुनै अवरोधबिना प्रवाह हुने भएकाले त्यहाँ सूर्य आफ्नो वास्तविक रङ अर्थात् सेतो प्रकाशको डल्लोको रूपमा रहेको हुन्छ ।  

तर उसका प्रकाश रेखाहरू पृथ्वीको वायुमण्डलमा प्रवेश गर्नासाथ हावामा भएका कणले साना वेभलेन्थ भएका फोटोनहरूका कारण सूर्य आफ्नो वास्तविकता भन्दा फरक देखिने गरेको हो । 

सौर्य प्रकाशपुञ्जमा हुने प्रत्येक रङ्गका फरक फरक वेभलेन्थ हुने विभिन्न अध्ययनले देखाएको छ ।

सूर्यको एउटा कुनामा सबैभन्दा लामो वेभलेन्थ हुने रातो रङ्ग सहित कम वेभलेन्थ भएका रङ्गहरू र सुन्तला, हरियो, निलो, बैजनी र गाडा निलो रङ सूर्यमा हुन्छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?