मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

रक्सी खाएपछि किन मानिसहरू लरबराउँछन् ? यस्तो छ कारण

तपाईँले कहिल्यै सोच्नुभएको छ रक्सीमा के हुन्छ कि रक्सी पिएपछि हामी न त राम्ररी बोल्न सक्छौँ न त राम्ररी हिँड्न सक्छौँ।

यो विषयमा जर्मनीको एक विश्वविद्यालयले एउटा अनुसन्धान गरेको थियो । अनुसन्धानबाट रक्सीको अणुहरू धेरै सानो हुने खुलासा भएको छ ।

जसका कारण तिनीहरू हाम्रो रगतमा धेरै छिटो पग्लिन्छन् । हाम्रो रगतको तरल पदार्थको माध्यमबाट मस्तिष्कमा पुग्न ६ मिनेट मात्र लाग्छ, यो हाम्रो मस्तिष्कमा पुगेपछि त्यहाँ न्यूरोट्रान्समिटरले असर गर्न थाल्छ, यी न्यूरोट्रान्समिटरहरू हाम्रो सञ्चारका लागि जिम्मेवार हुन्छन्।

जब न्यूरोट्रान्समिटरहरूले सन्देशहरू ठिकसँग पठाउन सक्दैनन्, हाम्रो मस्तिष्कले हाम्रो शरीरको नियन्त्रण गुमाउने भएकोले मदिरा सेवन गर्नेहरू राम्रोसँग बोल्न र हिँडडुल गर्न सक्दैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?