मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

फिल्म ‘डिग्री माइला’ ले आँचललाई कति राहत?

काठमाडौँ– रामबाबु गुरुङले निर्देशन गरेको फिल्म ‘डिग्री माइला’ यतिबेला प्रदर्शनका क्रममा छ । यो फिल्ममा दयाहाङ राई र आँचल शर्माको शीर्ष भूमिका छ ।

यो फिल्मबाट आँचल पनि चर्चामा छिन् । दयाहाङ राईकी प्रेमिकाको भूमिकामा देखिएकी आँचलको अभिनयको पनि तारिफ भइरहेको छ । यद्यपि फिल्मले भने औसत प्रतिक्रिया पाइरहेको छ ।

फिल्ममा आँचलले एक गाउँले युवतीको भूमिकामा अभिनय गरेकी छिन् । फिल्ममा उनको चरित्र सुहाउँदो नभएको भन्दै टिप्पणी समेत भएको छ ।

आँचल भने यसअघिका फिल्मका तुलनामा यो फिल्ममा फरक भूमिकामा देखिएको र निर्देशकले पनि आफूबाट काम निकालेको बताउँछिन् ।

वर्ष २०८० को अन्तिममा प्रदर्शनमा आएको यो फिल्मले आँचलले राहत भने दिएको छ । यसअघिका उनका फिल्मले खासै चर्चा कमाउन नसके पनि यो फिल्मबाट उनले भने चर्चा कमाएकी छिन् । यस हिसाबले हेर्दा आँचलले यो फिल्मले राहत दिएको मान्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?