मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

खरबुजा खाए लगत्तै भुलेर पनि नखानुहोस् यस्ता चिजहरू

काठमाडाैँ- गर्मीको मौसम सुरु हुनासाथ बजारमा जताततै खरबुजा देखिन्छ ।

यो रसिलो फल खान निकै स्वादिलो हुन्छ साथै यसको सेवनले ताजगी र शीतलताको अनुभूति पनि गराउँछ । बच्चादेखि बुढाबुढीसम्म हरेक उमेर समूहका मानिसलाई यो फल मन पर्छ ।

यो फलको स्वाद त मिठो छ नै हाम्रो स्वास्थ्यको लागि पनि यो लाभदायक छ । तर, खरबुजा खाने बित्तिकै खान नहुने केही चीजहरू पनि छन् ।

के हुन् ती चिजहरू ? र के कारणले खानु हुँदैन भन्ने सनर्दभमा आज हामी तपाईलाई जानकारी गराउँछौ ।
–जुनसुकै फलफूल खाने बित्तिकै तुरुन्तै पानी पिउनु हुँदैन ।

फलफूल खाए लगत्तै पानी पिउँदा पेटमा एसिडिटीको समस्या हुन सक्छ । फलफूल खाएको आधा घण्टापछि मात्रै पानी पिउनुपर्ने बताइन्छ ।

–प्रोटिनको मात्रा धेरै भएका दाल, दही र बदाम जस्ता खानेकुरा खरबुजा खाने बित्तिकै खानु हुन्न । यसो गर्दा पाचन सम्बन्धी समस्या निम्तन सक्छ ।

–त्यसैगरी अण्डालगायत ओमेगा–३ फ्याटी एसिड भरपुर भएका खानेकुरा पनि खरबुजासँग खानु हुँदैन । यसो गर्दा पेट फुल्ने वा कब्जियत हुने हुन सक्छ । तारेको वा भुटेको खानेकुरा यसै पनि स्वास्थ्यका लागि राम्रो मानिदैन । तर खरबुजा खानेबित्तिकै यस्ता खानेकुरा खाँदा मुटु वा रक्तनलीसम्बधी समस्या उत्पन्न हुने खतरा बढ्छ ।

–गर्मीमा धेरै चिसो बनाउन मानिसहरु खरबुजालाई फ्रिजमा राखेर चिसो बनाएर खान्छन् । तर चिसो पारेर खरबुजा खाँदा पाचन शक्तिमा प्रतिकूल असर पर्न सक्छ । पेट कराउने वा पाचनसम्बन्धी अन्य समस्याहरू निम्तिन सक्छ ।

–खरबुजा खाए लगत्तै दूध पिउनु पनि हानिकारक हुन सक्छ । खरबुजामा पाइने भिटामिन सी र दुधमा पाइने प्रोटिन मिसिएर पेट फुल्ने समस्या निम्त्याउन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?