मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

गुगल मेसेजमा यस्ता छन् सुविधा 

काठमाडौँ– धेरैजस्तो एन्ड्रोइड मोबाइल प्रयोगकर्ताहरूले डिफल्ट मेसेजिङ एपका रूपमा गुगल मेसेज प्रयोग गर्ने गरेका हुन्छन् । केही वर्षयता एन्ड्रोइड फोनका लागि 

मुख्य मेसेजिङ एपका रूपमा गुगल मेसेज रहेको छ । यो फिचरलाई आरसीएस पनि भन्ने गरिन्छ । यदि कुनै एन्ड्रोइड फोनमा डिफल्टका रूपमा रूपमा यो एप उपलब्ध छैन भने प्ले स्टोरबाट पनि डाउनलोड गर्न सकिन्छ ।

गुगल म्यासेजिङ एपमा म्यासेजिङका लागि आवश्यक पर्ने धेरै फिचरहरू रहेका छन् । जसको बारेमा हामी यहाँ केही चर्चा गर्ने कोसिस गर्दै छौ ।

आरसीएस मेसेजिङ 

गुगल मेसेजले प्रदान गर्ने आरसीएस च्याट सुविधाबाट तपाइले आफ्नो साथीलाई डेटाबाटै एसएमएस पठाउन सक्नुहुन्छ । जसमा अक्षर तथा एमएमएसको आकारको सीमा नहुनेदेखि लिएर रिड रिसिप्ट, टाइपिङ इन्डिकेटर लगायतका अन्य फिचर पनि उपलब्ध हुन्छन् । 

इन्ड–टु–इन्ड इन्क्रिप्सन

गुगल मेसेजमा आरसीएस आएपछि उपलब्ध भएको इन्ड–टु–इन्ड इन्क्रिप्सन फिचरको प्रयोगले तपाइले कुनै पनि च्याट इन्क्रिप्टेड भए नभएको हेर्न सक्नुहुन्छ । 

च्याट बबल 

मेटाले फेसबुक मेसेन्जर मार्फत धेरै पहिले च्याट बबल उपलब्ध गराएपछि गुगल मेसेजले पनि सेवा सुरु गरेको थियो । यो फिचरको मद्यतले मेसेन्जरको जस्तै च्याट हेड देख्न सकिन्छ । जुन एकै पटक धेरै जनासँग मेसेज गरिरहनुभएको छ भने यो उपयोगी हुन सक्छ ।

फुल रेजोलुसनमा फोटो पठाउन सकिने

यदि तपाइ फोटोको गुणस्तर नघटाई अरूलाई पठाउन चाहनुहुन्छ भने तपाइका लागि यो पनि गुगल म्यासेजको यो फिचर उपयोगी हुनसक्छ । 

स्वाइप एक्सन 

गुगल मेसेजमा उपलब्ध यो फिचरको प्रयोग गरी तपाइ स्वाइप गरेर मेसेजलाई आर्काइभ तथा डिलिट गर्न सक्नुहुन्छ । त्यस्तै कुनै पनि मेसेजलाई रिड तथा अनरिड पनि गर्न सक्नुहुन्छ ।

वेब भर्जनमा समेत उपलब्ध 

गुगल म्यासेज वेब भर्जनमा समेत उपलब्ध भएका कारण अन्य मेसेजिङ एप जस्तै गुगल मेसेजलाई पनि आफ्नो कम्प्युटरबाट पनि चलाउन सकिन्छ । 

यस्तै गुगल म्यासेजमा, म्यासेज सेड्युल गर्ने सुविधा सहित महत्त्वपूर्ण मेसेजलाई गुगल मेसेजमा सेभ गर्न सकिने सुविधा समेत रहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?