मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

युएईमा ७५ वर्ष यताकै भारी वर्षा, जनजीवन प्रभावित

काठमाडौँ – भारी वर्षाले संयुक्त अरब इमिरेट्स (युएई) को अबुधाबी, दुबई र अल ऐन जस्ता शहरहरूमा बाढीको अवस्था सिर्जना गरेको छ।

मंगलबार देखी सडक, रेल र उडान प्रभावित भएका छन् । यी सहरहरूमा कार्यालय र विद्यालयहरू बन्द गरिएका छन्। मानिसहरूलाई घरबाट काम गर्न भनिएको छ ।

युएईमा सोमबार १५ अप्रिल रातिदेखि पानी पर्न थालेको थियो । गएराती १२० एमएमभन्दा बढी पानी परेको थियो । 

बुधबार बिहान थप भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मानिसहरूलाई घरमै बस्न सल्लाह दिइएको छ ।

बहराइन, कतार र साउदी अरबमा भारी वर्षाका कारण पनि अवस्था खराब छ । ओमानमा भारी वर्षाका कारण १८ जनाको मृत्यु भएको छ ।

खाडी मुलुकमा मौसम बदली हुनुको मुख्य कारण दक्षिण–पश्चिमबाट बनेको न्यून चापीय प्रणाली हो ।

राष्ट्रिय मौसम विज्ञान केन्द्र (एनसीएम) ले २ दिन अघि युएई र साउदी अरबमा भारी वर्षा हुने भविष्यवाणी गरेको थियो । यस अवधिमा ६५ किलोमिटर प्रतिघण्टा हावाको गति रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दुबई, अबुधाबी र शारजाहमा पानीसँगै असिना पनि पर्न सक्ने युएईको राष्ट्रिय मौसम विज्ञान केन्द्रले जनाएको छ ।

वैज्ञानिकहरूका अनुसार यो क्लाउड सिडिङको नतिजा हो । दुबई प्रशासनले सोमबार र मंगलबार क्लाउड सिडिङ लागि प्लेन उडाएको थियो ।

यसैमा गडबडी हुँदा यो परिस्थिति आएको भन्दै कतिपयले भने जलवायुमा परिवर्तन गर्ने मानिसको असफल प्रयासको नतिजाको संज्ञा दिएका हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?