मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

गायिका एलिना चौहानको विवाह आज

काठमाडौँ – चर्चित गायिका एलिना चौहानको आज विवाह हुँदै छ । हाल अस्ट्रेलियामा बस्दै आइरहेका प्रेमी विष्णु सापकोटासँग विवाह बन्धनमा बाँधिन लागेकी हुन ।

परम्परागत रूपमा हुने सो विवाह समारोह एलिनाको गृह जिल्ला झापामा हुनेछ, जसका लागि बिर्तामोडस्थित बिर्ता पार्टी प्यालेसमा विवाह समारोहको आयोजना गरिएको छ।

मंगलबार उनले मेहन्दी समारोह गरेको तस्वीर तथा भिडियो सार्वजनिक भइसकेको छ भने बागलुङबाट जन्तीसहित विष्णु मंगलबार नै झापा पुगिसकेका छन् ।

एलिना र विष्णुले केही वर्षको प्रेम विवाहमा परिणत गर्न लागेका हुन् । विष्णु केही समयदेखि अस्ट्रेलिया बस्दै आएका छन् ।

तर, यसबीचमा उनीहरूको ब्रेकअप भएको हल्ला पनि चलेको थियो । सो हल्लालाई चिर्दै एलिना–विष्णु विवाह बन्धनमा बाँधिन लागेका हुन । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?