मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

हाम्रो भान्सामा नछुट्ने प्याजका यस्ता छन् औषधीय फाईदाहरु

प्रायजसो हामीले पकाउने तरकारीमा प्याज अनिवार्य जस्तै प्रयोग भएको हुन्छ । त्यसैले हरेकको भान्छामा प्याज राखिएकै हुन्छ । दाल पकाउँदा होस् वा मासु पकाउँदा, आजभोलि त जुनसुकै तरकारीको परिकारमा पनि प्याज हालिएकै हुन्छ ।पहिला अन्य तरकारीमा प्याजको प्रयोग नगरे पनि मासुमा भने प्याज अनिवार्य जस्तै गरी प्रयोग गरिन्थ्यो । त्यसबेला प्याज बिनाको मासु पाक्दैनथ्यो र मासु पकाउँदा प्याज धेरै हाल्ने चलन थियो । मासुमा भएको चिल्लोपन र बोसो पचाउन औषधिको रूपमा काम गर्छ । यसमा भएको क्वेरसेटिन तत्त्वले पाचन इन्जाइम उत्पादन गर्न मद्दत गर्छ । यसले खानालाई टुक्राउन र पोषण तत्त्वलाई अवशोषित गर्ने काम गर्छ ।

–प्याजमा मुख्यतया रसायनिक यौगिकमा क्वेरसेटिन, एलिसिन र फिसिटिन नामक तत्व हुन्छ । प्याजमा एन्टिअक्सिडेन्ट, एन्टिब्याक्टेरिया, एन्टिडाइबेडिटक, एन्टिलिपिडेमिक, एन्टिफंगल र एन्टिक्यान्सर गुण हुन्छ । साथै भिटामिन ए, मिनरल्स, भिटामिन बी कम्प्लेक्स, सल्फर र एमिनो एसिड पनि हुन्छ ।

–यसले अनिद्राको समस्या हटाउँछ । प्याजमा हुने एलट्रिप्टोफान नामक तत्त्वले गर्दा अनिद्राको समस्या हटाउने हुन्छ । 

–क्यान्सरको जोखिम कम गराउँछ । प्याजमा सल्फर तत्व अधिक हुन्छ । यसमा भएको क्वेरसेटिन तत्त्वले क्यान्सर गराउने कोषिकालाई रोक्ने काम गर्छ । डीएनएमा क्षति हुनबाट पनि जोगाउँछ । सल्फरले शरीरका पेट, कोलोन, ब्रेस्ट, फोक्सो तथा प्रोस्टेट क्यान्सरबाट बचाउँछ । साथै यसले यौनाङ्गमा हुने संक्रमणको समस्याबाट जोगाउँछ ।

–काँचो प्याजमा हुने मिथाइल सल्  फाइड तथा एमिनो एसिडले खराब कोलेस्टेरोललाई घटाएर राम्रो कोलेस्टेरोल बढाउन मद्दत गर्छ । साँघुरो भएको वा बन्द हुने अवस्थामा रहेको धमनीलाई खोल्छ । यसको नियमित सेवनले हाई ब्लड प्रेसरको समस्या भएकालाई सन्तुलनमा ल्याउने गर्छ । मुटुको समस्याबाट टाढा राख्छ ।

–काँचो प्याज खाएमा यसले शरीरमा इन्सुलिन उत्पन्न गर्छ । मधुमेह भएकाले सलादमा नियमित रूपमा प्याजको सेवन गर्न सकिन्छ । यसले मधुमेहलाई नियन्त्रणमा राख्न सहयोग पुर्‍याउँछ ।

–प्याजले रातो रक्तकोषिका निर्माण गर्न पनि सहयोग गर्छ । यसले एनिमिया हुनबाट पनि जोगाउँछ । त्यस्तै प्याज एन्टिप्लेटलेट हुन्छ । शरीरमा भएको प्लेटलेटहरुलाई एकसाथ टाँस्नबाट रोक्छ । यसले शरीरमा रगत जम्ने क्षमता घटाउँछ । महिनावारी नियमित गराउन मद्दत गर्छ ।

–प्याजमा हुने रेसाले पाचन प्रणाली बढाउन मद्दत गर्छ । यसले पेटमा टाँसिएर रहेको खानालाई बाहिर निकाल्न मद्दत गर्छ, जसले पेट सफा राख्छ । कब्जियतको समस्या भएमा काँचो प्याज खान सकिन्छ ।

–कपाल झर्ने समस्या फंगस इन्फेक्सनले गर्दा हुन्छ, जसकारण ठाउँ–ठाउँको कपाल झर्ने गर्छ । यस्तो अवस्थामा प्याजको रस राख्न सकिन्छ । यसमा भएको सल्फर तत्त्वले त्यहाँ भएका ब्याक्टेरिया नष्ट गर्छ र कपालको जरालाई बलियो बनाउँछ । त्यस्तै जोर्नी सुन्निने समस्या, शरीरमा कतै गाँठागुठी निस्किएमा पनि प्याजको प्रयोग गर्न सकिन्छ । यसमा प्याजलाई तलाएर त्यसको पट्टी बाँध्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?