मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यस्तो छ आज २०८१ वैशाख ४ गते मङ्गलवारको राशिफल

आज २०८१ वैशाख ४ गते मङ्गलवार तदनुसार सन् २०२४ अप्रिल १६ तारिख ।  चैत्र शुक्लपक्ष अष्टमी तिथि । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिष एस्ट्रोलोजर राजले यस्तो फलादेश गर्नुभएको छ-

मेष

कर्मसिद्धिको समय छ । कर्मप्राप्तिका लागि गरिएका प्रयास सफल हुनेछन् । मनमा शान्ति मिल्नेछ। दाम्पत्य जीवन सुखमय हुनेछ । स्वास्थ्यमा गगबढी ।

वृष

सुनचाँदी जस्ता धातुको कारोवारबाट लाभ मिल्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । धार्मिक कार्य सफल रहनेछ । आज तपाईका लागि रमाइलो दिन छ ।

मिथुन

साथीभाइको राम्रो सल्लाह र सद्भावना प्राप्त हुनेछ । राम्रो सहयात्रीको मिलन हुने सम्भावना छ । स्वास्थ्यमा समस्या आउँन सक्छ । अचल सम्पत्ति हात पर्ला ।

कर्कट

अध्ययन–अध्यापनको क्षेत्रमा प्रगति । राजनैतिक कार्यमा बाधा आउनेछ । नजिकको व्यक्तिबाट धोका पाइन सक्नेछ सचेत रहनुहोला ।

सिंह

अनावश्यक दौडधुप गर्नु पर्नेछ, काममा चुनौती । पारिवारिक कलहको सम्भावना छ । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । महत्वपूर्ण अवसर गुम्न सक्छ ।

कन्या

खर्च बढ्नुका साथै विभिन्न जोखिम आइलाग्ने समय छ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । दिनको उत्तरार्ध सुखद् रहनेछ । निर्णयमा अडिक रहनुस् ।

तुला

जग्गा खरिद विक्रीका लागि तपाईको आजको दिन शुभ हुनेछ । नाक तथा घाँटीमा समस्या आउला । मनमा प्रशन्नता छाउनेछ । पारिवारिक कलह बढ्नेछ ।

वृश्चिक

अभिभावकको आशीर्वाद मनन गर्नुहोला । कुनै पनि व्यावसायिक काममा व्यस्त रहनुहोस्, महत्वपूर्ण कार्यहरु सम्पादन गर्दा फलदायी हुनेछ ।

धनु

जोखिमपूर्ण चुनौतीको सामना गर्दा तपाईलाई आज शुभ हुने योग छ । केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला, तपाईँको साथी र आफन्तलाई ठेस पुग्न सक्छ ।

मकर

मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । मौनता अपनाउनु राम्रो । पारिवारिक कलहको सम्भावना छ, शान्त रहनु बुद्धिमानी हुनेछ ।

कुम्भ

रिसलाई बसमा राख्नु बुद्धिमतापूर्ण हुनेछ । आँटेको र ताकेको कार्य पुरा होला । बोलीको प्रभाव पनि बढ्नेछ । यात्रामा सावधानी अपनाउनु पर्नेछ ।

मीन

केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला । केटा तथा केटी साथीबाटा टाढा रहनुहोला । मनमा चिन्ता । धार्मिक यात्राबाट आनन्दी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?