मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

विदेशी कलाकारका आँखामा नेपाल

काठमाडौँ– पोल्याण्डका कलाकारहरु आन्ना र बारबरा ब्रेल्लाले नेपाल घुमेर तयार पारिएका तस्वीरहरु प्रदर्शन गरेका छन् ।

छाउनीस्थित आर्टुडियोको अन्तर्राष्ट्रिय कला रेसिडेन्सि कार्यक्रम अन्तर्गत आन्ना र बारबराले प्रदर्शनी शुरु गरेका हुन् । ‘सेकेन्ड इमर्शन’ शीर्षकमा दुवैले सन् १९८१ देखि हालसम्म नेपालमा भ्रमण गरी खिचेका तस्वीरहरु प्रदर्शनीमा राखेका छन्

आर्टुडियोमा रेसिडेन्सि कलाकारका रुपमा सहभागी भएपछि उनीहरुले पुनः आफूहरु भ्रमण गरेको स्थामै गई तस्वीर कैद गरेका थिए । उनीहरूको फोटोग्राफिक यात्रामा हालको समय, ठाउँ, सम्झना, इतिहास, संस्कृति जस्ता पक्षहरुको विश्लेषण पाइन्छ ।

१९८१ उनीहरुले कैद गरेका तस्वीरहरुमा हिउँले ढाकिएको पहाडहरू, प्रकृति र गाउँघरहरू, परम्परागत ज्ञान र शिल्पहरु अटाएका छन् । यी दुवैको तस्वीरहरुमा नेपालको एउटै क्षेत्रहरूमा विगत र वर्तमानको गहिरो संयोजन देखिन्छ ।

उनीहरूका तस्वीरहरूले १९८१ को नेपालको ऐतिहासिक परिदृश्य र समकालीन समाजको जीवन्त वर्तमानलाई सहज रूपमा जोडेर एउटा कथा निर्माण गरेको छ ।

रेसिडेन्सी कार्यक्रमबाट नेपाली कला, समुदायलाई प्रस्तुत गर्न पाउँदा खुसी लागेको कलाकार तथा क्युरेटरहरु कैलाश के श्रेस्ठ र कृषा ताम्राकारले बताए ।

आर्टुडियोको अन्तर्राष्ट्रिय कला रेसिडेन्सि कार्यक्रम सन् २०१६ देखि नै सञ्चालनमा छ । हालसम्ममा अमेरिका, नेदरल्यान्ड लगायतका कलाकाहरुले कार्यक्रममा सहभागिता जनाइसकेको छ ।

यस कार्यक्रममा विश्व भरिका कलाकाहरुलाई खुल्ला आवेदन आह्वान गरिँदै आएको छ । छनौट भएका कलाकारहरुले एक देखि ६ महिना सम्म सहभागि भै आफ्नो कला प्रस्तुत गर्न पाउँछन् ।

यसलाई आर्टुडियोले नेपालसँग सांस्कृतिक आदानप्रदानको एक महत्वपुर्ण मञ्चका रुपमा लिएको छ । आन्ना र बार्बराको कला प्रदर्शनी अप्रिल १२ सम्म आर्टुडियो मा जारी रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?