मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अनार खानुका यस्ता छन् फाइदाहरु

अनार हामी सबैलाई मन पर्ने फल हो । यो स्वास्थ्यका दृष्टिकोणले पनि निकै लाभदायक फल मानिन्छ । अनार यौन समस्या, मुटु रोगदेखि क्यान्सरका लागि समेत राम्रो मानिन्छ ।  

यस्ता छन् अनारका फाइदा:

कलेजोलाई फाइदा :

अनारको जुसले कलेजको रक्षा मात्रा गर्दैन बरु मदिरा वा अन्य पर्दाथले कलेजोमा कुनै प्रकारको हानी गरेमा उपचारको काम पनि गर्छ । कलेजोलाई प्रभावकारी ढङ्गले कार्य गर्न सहयोग गर्छ ।

गर्भवती महिलालाई फाइदा :

अनारमा हुने भिटामिन, खनिजले समय नपुगी बच्चा जन्मने खतराबाट बचाउने तथा बच्चाको तौल बढाउन मद्दत गर्छ। अनारमा हुने पोटासियमले गर्भवती महिलालाई मर्निङ सिकनेसबाट बचाउँछ।

धमनीको रक्षा: 

अनारले शरीरमा कोलेस्ट्रोलको मात्रा घटाउँछ, मुटुका धमनीलाई बलियो र लचिलो बनाउँछ ।

किड्नी जोगाउँछ :

अनारले किड्नीको फिल्टरलाई रक्षा गर्छ। फिल्टरले  शरीरबाट हानिकार विकार फाल्ने काम गर्छ ।

कोलेस्ट्रोल घटाउँछ:

अनार एन्टिअक्सिडियन्टयुक्त फल हो । यसले शरीरको खराब कोलेस्ट्रोल घटाउन सहयोग गर्छ ।

क्यान्सर विरोधी :

अनारमा हुने तत्त्व क्यान्सर प्रतिरोधी मानिन्छ ।

उच्च रक्तचाप नियन्त्रण गर्छ:

अनारले रक्तनलीमा हुने सम्भावित हानिबाट जोगाउँछ । रगतलाई पातलो बनाई शरीरभर रगतको प्रवाह छरितो बनाउँछ ।

रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्छ :

यसमा हुने एन्टिव्याक्टेरियल र एन्टि माइक्रोबायल गुणले भाइरसबिरुद्ध लड्न सक्ने र रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्छ । यसमा हुने भिटामिन सीले भाइरसका कारण शरीरमा हुने संक्रमणविरुद्ध जुध्न सहयोग गर्छ ।

रक्त अल्पताबाट जोगाउँछ :

अनारको जुसमा प्रशस्त मात्रामा आइरन हुन्छ । महिनावारी वा गर्भवती अवस्थामा रक्तअल्पतामा यसको जुस निकै लाभदायक मानिन्छ  ।

शरीरलाई शान्त बनाउँछ :

अनारमा शारीरिक उत्तेजनलाई शान्त पार्ने तत्त्व हुन्छ। यसको यही गुणका कारण अनारले दम, पायल्स, पखाला र अन्य रोगबाट बचाउँछ।

पेटलाई शान्त पार्छ :

अनारको जुसले भोक बढाउँछ, तिर्खा नियन्त्रण गर्छ, पाचन प्रणालीलाई सुधार गर्छ र कब्जियतको समस्या हटाउँछ ।

छालालाई पनि फाइदा :

च्याउरी, आँखा मुनि आउने कालो धब्बा, पिम्पल लगायतका समस्या बाट बचाउँछ।

कपालको रक्षा : 

नियमित रूपमा अनार खाँदा कपाललाई बलियो बनाउँछ र झर्नबाट बचाउँछ ।

यौन स्वास्थ्य मजबुत पार्छ :

अनारको जुसले यौन स्वास्थ्यलाई सक्रिय बनाउन मद्दत गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?