मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अब गुगल क्रोम चलाएको पैसा तिर्नु पर्ने, कति पर्छ प्रति महिना ?

काठमाडौँ – फरक प्लेटफर्महरूमा निःशुल्क ब्राउजिङ सेवाहरू प्रदान गदै आएको गुगल क्रोमले अब आफ्नो सेवा पनि सशुल्क बनाउँने भएको छ ।  

गुगलले क्रोमको नयाँ इन्टरप्राइज प्रिमियम संस्करणमा निःशुल्क र सशुल्क विकल्पहरू प्रस्तुत गरेको हो । क्रोम इन्टरप्राइज प्रिमियम एक सशुल्क सेवा हो, त्यसैले प्रयोगकर्ताहरूले यसमा केही अतिरिक्त सुविधाहरू पाउँछन्।

गुगलका अनुसार क्रोमको यो नयाँ र सशुल्क संस्करणले प्रयोगकर्ताहरूलाई मालवेयर, स्पाइवेयर र अन्य साइबर आक्रमणहरू जस्तै फिसिङ आक्रमणहरूबाट पूर्ण अनलाइन डेटा सुरक्षा प्रदान गर्नेछ।

 यो डाटा सुरक्षाका लागि अरू विकल्प खोजिरहेका  संस्थाहरू, उद्यमहरू र व्यवसायहरूका लागि थप उपयोगी हुने बताइएको छ । 

यस सेवा मार्फत गुगलले अनावश्यक ब्राउजरहरूमा निर्भर रहनु पर्ने आवश्यकतालाई हटाउन र एन्टिभाइरस वा एन्टि–मालवेयर अनुप्रयोगहरू डाउनलोड गर्न चाहन्छ र ब्राउजरमा नै आफ्नै डाटा सुरक्षा उपकरण प्रदान गर्दै छ।

यद्यपि, सुविधाहरूको उपलब्धता सशुल्क संस्करणको मोडेलहरूमा निर्भर हुनेछ। डेटा हानि रोकथाम र मालवेयर गहिरो स्क्यानिङ जस्ता आवश्यक उपकरणहरू निःशुल्क कोर मोडेलमा उपलब्ध हुने छैनन् । 

जबकी यी सबै सुरक्षा उपकरणहरूका सुविधाहरू गुगल क्रोमको प्रिमियम संस्करणमा उपलब्ध हुनेछन्। क्रोम इन्टरप्राइजलाई सिमलेस सेवा प्रदान गर्न गुगल वर्कस्पेश जस्ता अन्य इन्टरप्राइज सफ्टवेयरसँग एकीकृत गरिएको छ।

क्रोम इन्टरप्राइज प्रिमियम उद्यमहरूका लागि प्रति महिना ६ अमेरिकन डलरको दरमा उपलब्ध हुनेछ ।

गुगल क्रोमको नयाँ वेब संस्करण अब सामान्य प्रयोगकर्ताहरूका लागि उपलब्ध छ, जसको मतलब उद्यमहरू र व्यवसायहरूले अब क्रोम इन्टरप्राइज प्रिमियम वेबसाइट र गुगल क्रोम मार्फत उनीहरूको व्यापार डेटा पूर्ण रूपमा सुरक्षित गर्नका लागि क्रोमको सशुल्क संस्करण किन्न सक्छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?