मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

लालीगुराँस हेर्न लाप्राकमा पर्यटक, अधिकांश होटल भरिभराउ

गोरखा – पाखाभरी ढकमक्क लागीगुँरास फूल्न थालेपछि लाप्राकमा आन्तरिक पर्यटक बढ्न थालेका छन् । धार्चे गाउँपालिका–४ मा पर्ने लाप्राकका डाँडा यतिबेला लालीगुँरासले भएिको छ ।

“लालिगुराँस फुल्न थालेपछि अघिपछि भन्दा यो याममा धेरै पर्यटक लाप्राक आउनेजाने क्रम बढेको छ”, वडाध्यक्ष किसान गुरुङले भने, “डाँडाभरी विभिन्न रङका लालीगुराँसका फुलेपछि यस क्षेत्रको थप सुन्दर बनेको छ ।” हिउँ परेका बेलामा पनि पर्यटक आउने गरेको भन्दै उनले यसपटक लालीगुँरास हेर्न आउनेको भीड बढेको बताए ।

लाप्राकमा पर्यटक बढ्न थालेपछि होटल व्यवसायीसमेत खुसी भएका छन् । लाप्राककी होटल व्यवसायी स्नेह गुरुङले लालीगुराँस फुलेको हेर्न आउने पर्यटकले लाप्राकका अधिकांश होटल भरिभराउ भएको बताए ।

भूकम्पपछि लाप्राकको पुरानो बस्तीलाई स्थानान्तरण गर्नका लागि गुप्सीपाखामा निर्माण गरेको एकीकृत नमुनाबस्ती पनि लाप्राकको अर्को आर्कषक पर्यटकीय गन्तव्य बनेको छ ।

गुप्सीपाखास्थित एकीकृत नमुनाबस्तीमा रहेका एउटै मोडलका पाँच सय ७३ घर अत्यन्तै आर्कषक देखिन्छ । उक्त बस्तीमा गुप्सीपाखा सामुदायिक घरबास समेत सञ्चालनमा छ । पर्यटकको सङ्ख्या बढ्न थालेपछि घरबासमा समेत राम्रो व्यापार हुनथालेको होमस्टे सञ्चालक समितिका अध्यक्ष होमसिंह गुरुङले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?