मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सन् २०५० सम्ममा जापानको २० प्रतिशत घरमा वृद्धवृद्धा मात्र रहने : अध्ययन

काठमाडौँ – जापानले सन् २०५० सम्ममा हरेक पाँच घरधुरीमध्ये एक घरमा वृद्ध वृद्धा एक्लै बस्नुपर्ने एक नयाँ अध्ययनले देखाएको छ ।

सन् २०५० सम्ममा जापानमा एक करोड आठ लाख वृद्ध वृद्धा एक्लै बस्नेछन् । यो कुल परिवार सङ्ख्याको २०.६ प्रतिशत हुने नेसनल इन्स्टिच्युट अफ पपुलेसन एन्ड सोसियल सेक्युरिटी रिसर्चले हरेक पाँच वर्षमा जारी गर्ने प्रक्षेपणमा उल्लेख गरेको छ ।

सन् २०२० मा ७३ लाख ७० हजार वृद्ध वृद्धा अर्थात् कुल घरधुरीको १३.२ प्रतिशत मानिस एक्लै बसिरहेका थिए ।

जापानी युवाहरूले विवाहमा ढिलाई गर्ने र यसका कारण बच्चा जन्माउन नसक्ने भएकाले उनीहरूले बच्चा नजन्माउने निर्णय गर्ने चलन बढेकाले यो प्रक्षेपण गरिएको हो । जापानले बढ्दो जनसङ्ख्या सङ्कटको सामना गरिरहेको छ ।

बढ्दो वृद्ध जनसङ्ख्याले चिकित्सा र कल्याणकारी लागत बढाउँछ र यसको लागि भुक्तानी गर्ने श्रम शक्ति घट्दै जान्छ ।

अहिले धेरै वृद्ध वृद्धा एक्ले बसिरहेको भए पनि भाइबहिनी वा उनीहरूका सन्तानले रेखदेख गरिरहेका छन् तर, अबको ३० वर्षपछि, विवाहित, शोक सन्तप्त वा अलग्गिएका कुनै पनि सन्तान नभएका वृद्ध एकल परिवारका सदस्यहरूको अनुपात बढ्ने अपेक्षा गरिएको छ र त्यस्ता व्यक्तिका भाइबहिनीहरूको सङ्ख्या पनि घट्ने अध्ययनले देखाएको छ ।

जापानको कुल जनसङ्ख्या सन् २०२३ मा पाँच लाख ९५ हजारले घटेर १२ करोड ४० लाखमा झरेको सरकारी तथ्याङ्कले देखाएको छ ।

तथ्याङ्कले देखाएअनुसार विदेशीहरूको आगमनले यो कमीको मात्रालाई हालसम्म परिपूरण गरेको थियो । जापानी जनसङ्ख्या आठ लाख ३७ हजारले घटेर १२ करोड १० लाखमा झरेको छ ।

जापान सरकारले घट्दो जनसङ्ख्या र वृद्ध जनसङ्ख्याको समस्यालाई सम्बोधन गर्ने प्रयास गरेको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?