मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बढ्दै हिमेशको व्यस्तता, ‘ज्वाइँ साब’मा पनि अनुबन्धित

काठमाडौँ – हास्य कलाकार हिमेश पन्त फिल्ममा  पनि व्यस्त हुन थालेका छन् । उनले, नयाँ फिल्म ‘ज्वाइँ साब’ साइन गरेका छन् । निर्माण पक्ष र उनीबिच फिल्मका लागि कागजी सम्झौता भइसकेको छ ।

रेड आई फिल्मस्को प्रस्तुति, ओएसआर डिजिटल र मौसम फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको यो फिल्ममा यसअघि कलाकार जितु नेपाल र नायिका नीति शाह फाइनल भइसकेका छन् । राज कुमार पण्डितको निर्माणमा तयार हुने यो फिल्ममा हिमेको भूमिका के हुनेछ भन्ने खुलाइएको छैन ।

यो फिल्मलाई बसन्त निरौलाले निर्देशन गर्दै छन् । फिल्मको छायाङ्कन वैशाखको १५ गतेबाट सुरु गर्ने तयारी गरिएको छ । फिल्मलाई आउँदो वर्षको तिहारमा रिलिज गर्ने घोषणा यसको निर्माण पक्षले गरिसकेको छ ।

सामाजिक कथावस्तुलाई कमेडी शैलीमा भन्ने यो फिल्ममा मीना देवी खड्का, सौगात पण्डित र पदम तामाङको लगानी छ । फिल्मका कार्यकारी निर्माता विजय बस्याल हुन् । फिल्ममा सविन अधिकारीको कथा, शंकर धितालको पटकथा तथा संवाद छ ।

हिमेशले यसअघि ‘वर एण्ड बधु र शमशेर’ साइन गरिसकेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?