मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

म्याग्दीस्थित तातोपानी कुण्डमा नुहाउनेको भिड

म्याग्दी – म्याग्दीस्थित तातोपानी कुण्डमा नुहाउनेको भिड बढेको छ ।

अन्नपूर्ण पदयात्रा र मुस्ताङ मुक्तिनाथ दर्शनका लागि आउने स्वदेशी तथा विदेशी पर्यटकहरू तातोपानी कुण्डमा  डुबेर जाने गरेको तातोपानी कुण्ड व्यवस्थापन समितिले जनाएको हो ।

समितिका अनुसार पछिल्लो समय लामो समयदेखि निको नभएको विभिन्न शारीरिक रोगहरू निको पार्नका साथै मनोरञ्जन तथा आरामका लागि कुण्डमा नुहाउन आउनेको भिड बढेको कुण्ड समितिकै सदस्य मिलन मगरले बताए ।

तातोपानी कुण्डभित्रको तापक्रम ४५ डिग्री सेल्सियस देखि  ४८ डिग्री सेल्सियस रहेको छ भने बाहिरका धारा हरूमा ५० देखी ५३ डिग्री  सेल्सियस, रहेको छ ।

यस तातोपानी कुण्डमा बिरे नुन र गन्धकको स्वाद रहेको तातोपानी निस्कन्छ। जुन यसमा  आत्म प्राकृतिक एन्टीबायोटिक छ। जसका कारण एक व्यक्तिमा भएको रोग अर्को व्यक्तिमा सर्दैन ।

यस तातोपानी कुण्ड १२  महिना खुला रहन्छ,र कुण्डमा नुहाउने मानिसको चाप बढेपछि महिला र पुरुष को अलग अलग पालो छुट्टाइ नुहाउने व्यवस्था गरिन्छ र तातोपानी कुण्डको साइज  २०फिट चौडाइ रहेको छ भने लम्बाइ ४० फिट रहेको छ यसको गहिराइ २.५ फिट रहेको छ यस कुण्डको क्षमता एक पटक  ३५० देखि ४०० जनाले नुहाउन सकिनेछ।

यस कुण्डमा नुहाएपछि निको हुने रोग हरू

ग्यास्ट्रिक,  युरिक एसिड,बाथ, ढाडको दुखाइ, घुडाको दुखाइ , जोर्नीको दुखाइ, छाला तथा नसा सम्बन्धी विभिन्न रोग हरू , सुनिएको , मर्किएको, बज्रिएको, मोटोपन तथा चिसो बाट हुने धेरै किसिमका  रोगहरूको स्वास्थलाभ लिन सकिन्छ ।

बिमारीको प्रकृति र अवस्थाको आधारमा, मानिसहरू गर्मीको छेउमा स्नान गर्दछन् धेरै जसो  हप्ता दिन देखि १० दिन सम्म नुहाउने गर्दछन् 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?