मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सूर्यग्रहणका दिन एक अमेरिकन ज्योतिषले दिइन श्रीमानको बली

काठमाडौँ – अमेरिकाको लस एन्जलसकी ज्योतिषी डेनियल जोन्सनले सूर्यग्रहण लागे पछि आफ्ना श्रीमानको छुरा प्रहार गरी हत्या गरेकी छन् ।

त्यसपछि उनले आफ्ना दुवै छोरीलाई चलिरहेको कारबाट बाहिर फालिन । यसपछि उनले आफ्नो कार रुखमा ठोक्काइन, जसका कारण महिलाको पनि मृत्यु भएको छ ।

लस एन्जलस टाइम्सका अनुसार ती महिला सूर्यग्रहणलाई लिएर चिन्तित थिइन्। उनी मानिसबाट नकारात्मक ऊर्जा हटाएर आफ्नो राशिफलमार्फत आफ्नो भविष्य बताउँथिन् । भर्खरै उनले आफ्नो वेबसाइटमा पोस्ट गरेको थिइन कि, ‘यो सूर्यग्रहण आध्यात्मिक युद्धको चेतावनी हो, यस्तो अवस्थामा आफ्नो हृदय शुद्ध राख्नुहोस् र आफ्नो सुरक्षामा ध्यान दिनुहोस्।’

ड्यानियलले थप लेखेका थिइन, ‘संसार धेरै छिटो परिवर्तन हुँदै छ। यस्तो अवस्थामा हामीले कुन पक्षमा बस्ने भनेर रोज्ने समय आएको छ।’

यसपछि गत ८ अप्रिलमा ग्रहणको दिन बिहान ड्यानियलले आफ्ना श्रीमानको छातीमा छुरा हानेकी थिइन् । त्यसपछि राति उनले आफ्ना ९ वर्षीय र ८ महिनाकी छोरीलाई कारमा हालेर ४०५ नम्बरको फ्रिवेमा लगेर कारबाट बाहिर फालिन ।

यस अवधिमा ८ महिनाकी बालिकाको मृत्यु भएको छ भने ९ वर्षीय बालिका अस्पतालमा भर्ना छिन् । ड्यानियलले आफ्नो कार दुई केटीहरूलाई फ्याँकेको ठाउँबाट अलि टाढा एउटा रूखमा ठोक्किएको थियो ।

आधा घण्टापछि घटनास्थलमा पुगेको प्रहरीले ठक्कर अघि कार १६० किलोमिटर प्रतिघण्टाको गतिमा गुडिरहेको पत्ता लगाएको छ ।

रिपोर्टका अनुसार तीव्र गतिको कारसँग ठोक्किए पछि ड्यानियलको शरीर यति नराम्ररी टुक्रा टुक्रा भएको थियो कि उनको पहिचान गर्न समेत गाह्रो भएको थियो । जब पुलिस डेनियलको घर पुग्यो, त्यहाँ रगतले बनेको खुट्टाको छाप थियो। जहाँ प्रहरीले डेनियलका श्रीमानको शव फेला पारेको छ । धेरैले श्रीमानको हत्यालाई बलि परम्परासँग जोडेका छन् ।

अमेरिकी समुदायमा ग्रहणको बारेमा धेरै विश्वास र अन्धविश्वासहरू कायमै रहेका छन् । ग्रहणहरू लामो समयदेखि संसारको अन्त्यको भविष्यवाणीहरूसँग सम्बन्धित छन्।

यद्यपि, वैज्ञानिकले भनेका छन् कि यी दाबीहरूको वास्तविकतामा कुनै आधार छैन। सोमबारको सूर्यग्रहण अमेरिकाबाहेक मेक्सिको र क्यानडामा पनि देखिएको थियो । यस अवधिमा दिनमा ४ मिनेट २८ सेकेण्डसम्म अँध्यारो थियो । 

ग्रहणको समयमा अमेरिकाको अर्कान्सासमा पनि ४०० जोडीले विवाह गरेका थिए भने आज पनि अमेरिकाको चक्तो समुदायमा ग्रहणको समयमा ठूलो र कालो गिलहरीले सूर्यलाई खान्छ भन्ने विश्वास छ ।

त्यसैले सोमबार ग्रहणको समयमा समुदायका महिलाहरू घरबाहिर आएर भाँडाकुँडा हानेका थिए ताकि गिलहरीलाई भगाउन सकियोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?