मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

खुसी थुलुङले ल्याइन् गीतिसङ्ग्रह ‘खुसीका रङ्गहरू’

काठमाडौँ– गायिका खुशी थुलुङ्ग राईले नयाँ गीतिसङ्ग्रह ‘खुसीका रङ्गहरू’ सार्वजनिक गरेकी छिन् ।

सोमबार राजधानीमा एक समारोहमा उक्त गीति सङ्ग्रहसँगै ‘प्रेमको अर्थ’ नामक भिडियोलाई पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले सार्वजनिक गरेका हुन् ।

उनले सार्वजनिक गीतिसङ्ग्रहलाई सफलताको शुभकामना दिदै गीतसङगीत मन परेको प्रतिक्रिया दिए । ‘म गीतसङ्गीत धेरै बुझ्दिन तर राम्रो आवाज भएका, कला भएका सर्जकलाई प्रोत्साहन गर्न उपस्थित हुन्छु ।

खुशी बहिनीले गीत सङ्गीतलाई निरन्तरता दिएर अगाडि बढ्नु पर्छ, निकै सुमधुर स्वर रहेको छ,’ पूर्वमन्त्री किराँतीले भने ।

उनले गीतसङ्गीतले समाज र राजनीतिज्ञलाई सजिलै रुपान्तरण गर्न विचार राख्दै सर्जकलाई निरन्तर सिर्जना गरिरहन आग्रह समेत गरे । गायिका खुसीले आफ्नो पहिलो गीतिसङ्ग्रह सार्वजनिक समारोहमा पाएको माया, हौसला र प्रतिक्रियाले अगाडि बढ्न प्रेरित गर्ने बताइन् ।

‘मेरो पहिलो प्रयासमा पाएको हौसलालाई आगामी दिनमा प्रयोग गर्नेछु । गीत सङ्गीतको नयाँ मान्छे तर यस्तै प्रतिक्रियाले मलाई निरन्तरता दिन र गन्तव्यमा पुग्न प्रोत्साहन दिन्छु’, गायिका खुसीले भनिन् ।

उनले सङ्ग्रहमा आठ गीत सङ्ग्रहित भएता पनि पहिलो गीत ‘प्रेमको अर्थ’ मात्र सार्वजनिक गरेकी छिन् । उक्त गीतमा क्रान्ति सुब्बाको शब्द र हरी लम्सालको सङगीत रहेको छ ।

गीतको भिडियोमा रुक्मान लिम्बू र करिश्मा श्रेष्ठले अभिनय गरेका छन् । मोडल लिम्बूले गीतको भावलाई पर्दामार्फत प्रस्तुत गर्ने कोसिश गरेको बताइन् ।

‘गीत सुनेपछि यसको दृश्यलाई तयार गरिएको हो । गीतले एक जोडीको कथा पेस गरेको छ । जहाँ केटाले केटीलाई माया गरेता पनि केटीले स्वीकार्न सकेकी हुदिनन्, तर केटाको निस्वार्थ भावले केटी प्रेममा पर्छिन्’, मोडल लिम्बूले भने ।

गीतको भिडियोलाई राजेश पुमा राईले निर्देशन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?