काठमाडौँ- रङ्गकर्मी तथा कवि राम के.ए.सी. काे कवितासङ्ग्रह ‘अर्धब्रह्म’ सार्वजनिक भएकाे छ ।
चैत्र २६ गते दरबारमार्गस्थित रेगल फ्लेर्वसमा अजि मंगलमाया श्रेष्ठ, वरिष्ठ कवि तथा कथाकार श्रीओम श्रेष्ठ ‘रोदन’, वरिष्ठ कथाकार ध्रुव मधिकर्मी, वरिष्ठ कवि अभय श्रेष्ठ, वरिष्ठ पत्रकार कुमार रञ्जित लगायतकाले कवितासङ्ग्रह लोर्कापण गरेका हुन् ।
एउटै कवितासङ्ग्रहमा नेपाल र नेपाली भाषा गरी दुई भाषामा कविताहरू समावेश गरिएका छन् ।
नेपाल भाषा र नेपाली भाषाका कविताहरू क्रमशः समानान्तर ढङ्गले राखिएको लोकार्पित कृतिमाथि कार्यक्रममा वक्ताको भूमिकामा रहेका साहित्यकारद्वय ‘रोदन’, मधिकर्मी, श्रेष्ठ र वरिष्ठ पत्रकार रञ्जित लगायतले समीक्षात्मक टिप्पणी गरेका थिए ।
कार्यक्रममा कवि के.ए.सी. ले केही कविताहरू वाचन समेत गरेका थिए । लक्ष्मी वैद्यको ले–आउट र डिजाइन र रेखाचित्रहरु राखिएकाे कृतिमा ३६ वटा लामा छोटा कविताहरू समावेश छन् ।
कार्यक्रममा टिकाभक्त जिरेल, निरज ढकाल र किरण चापागाईं, उत्सव रिजाल लगायतकाकाे उपस्थिति रहेकाे थियाे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया