मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

जया बच्चनको आज जन्मदिन, कति छ सम्पत्ति ?

काठमाडौँ – चलचित्रमा आफ्नो अभिनय र वास्तविक जीवनमा आफ्नो स्पष्ट बोल्ने शैलीका कारण चर्चित अभिनेत्री जया बच्चन आजबाट  ७६ वर्षमा प्रवेश गरेकी छिन् । 

बीग बी अर्थात् अमिताभ बच्चनकी श्रीमती  जयालाई सन् १९९२ मा पद्म श्री अवार्डबाट सम्मानित गरिएको थियो । १५ वर्षको उमेरमा फिल्ममा प्रवेश गरेकी जया बच्चन कहिल्यै पनि अभिनेत्री बन्न चाहेकी थिइनन् । खासमा जया सानैदेखि सेनामा भर्ना हुन चाहन्थिन् ।

त्यतिबेला सेना भर्तीमा महिलालाई नर्सको मात्रै जागिर दिइन्थ्यो तर जया नर्स बन्न चाहँदैन थिइन् । उनी लडाकु सेनाको एक हिस्सा हुन चाहेकी थिइन । जया आफैँले नातिनी नव्या नवेलीको पोडकास्टमा यो कथा सुनाएकी हुन्।

उनी भन्छिन् कि त्यतिबेला महिलालाई हेरचाह गर्न राम्रो मानिन्थ्यो। सन् २००४ मा जया राजनीतिमा प्रवेश गरिन् र सफल पनि भइन् । जया विगत २० वर्ष देखि राजनीतिमा सक्रिय छिन् ।

चार पटकको राज्यसभा सांसद जया बच्चन र उनका श्रीमान् अमिताभ बच्चनको सम्पत्ति १५७८ करोड भारतीय रुपैयाँ बराबर रहेको छ ।

‘सम्बन्धमा म तिम्रो बुवा जस्तो देखिन्छु, मेरो नाम शहन शाह हो,’ यो संवाद तपाई सबैले कुनै न कुनै बेला सुन्नु भएको होला । यो संवाद सन् १९८८ मा रिलिज भएको फिल्म ‘शहन शाह’ को हो । ‘शहेनशाह’ अमिताभको हिट फिल्म मध्ये एक हो ।

तर, यो फिल्मको सफलतामा जया बच्चनको ठूलो भूमिका छ भन्ने कुरा कमैलाई थाहा होला । वास्तवमा फिल्म ‘शहेनशाह’ को कथा जया बच्चनले नै लेखेकी हुन् ।

यो फिल्मले अमिताभलाई नयाँ पहिचान दिएको छ । आज पनि उनका फ्यानहरूले उनलाई यही नामले बोलाउन रुचाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?