काठमाडौँ – अल हिलाल साउदी सुपर कपको फाइनलमा पुगेको छ । गएराती सम्पन्न फाइनल खेलमा अल हिलालले अल नासरलाई २–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो ।
अल हिलालको जितमा सलेम अलदावसारी र माल्कमले एक एक गोल गरेका थिए । त्यस्तै अल नासरका लागि एक गोल साडियो मानेले गरेका थिए ।
यस खेलमा खेलको ८६औँ मिनेटमा क्रिस्टियानो रोनाल्डोले रातो कार्ड पाएपछि अल नासर १० खेलाडीमा सीमित भएको थियो ।
अब साउदी सुपर कपको फाइनलमा अल हिलाल र अल इत्तिहाद खेल्ने भएका छन् । फाइनल खेल अप्रिल ११ मा हुने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया