मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

गुगलको नयाँ सर्च इन्जिनका रूपमा ‘जेनेरेटीच आर्टिफिसियल इन्टेलिजेन्स’ आउँदै 

काठमाडौँ– गुगलले आफ्नो नयाँ सर्च इन्जिनका रूपमा ‘जेनेरेटीच आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) ल्याउन लागेको छ ।

जिनेस टाइम्सको रिपोर्टका अनुसार ‘जेनेरेटीच एआई’ मा भने शुल्क लगाउने देखिएको छ ।

वर्षैदेखि निःशुल्क रूपमा सर्चको सुविधा दिइरहेको गुगलले यसलाई ठुलो परिवर्तनका रूपमा लिइएको बताइएको छ ।

च्याट जीपीटी लन्च भएको करिब डेढ वर्षपछि ल्याइएको यस एआई सर्च इन्जिन प्रिमियम प्रयोगकर्ताहरूका लागि उपलब्ध गराइने छ ।

जसमा एआई सर्चमार्फत प्रिमियम प्रयोगकर्ताहरूले केही थप र नयाँ सर्च रिजल्टहरू पाउने जनाइएको छ । 

मिडिया रिपोर्टका अनुसार एआईमार्फत सर्च गरिएका सामाग्रीहरूको उपलब्धता गराउनका लागि खर्चिलो हुने भएकोले नयाँ सर्च इन्जिनमा शुल्क लगाइने आकलन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?