काठमाडौँ – अहिले पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ भने आज दिउसो कोशी प्रदेश र मधेश प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक बदली रहने छ ।
बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ भने पहाडी भू–भागको एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।
उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना समेत छ।
त्यस्तै आज राती कोशी प्रदेश र मधेश प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ।
कोशी प्रदेश र गण्डकी देशका पहाडी भू–भागका एक(दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।
कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात हुनसक्ने महाशाखाको पूर्वानुमान छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया