मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

चट्याङ मास्टरसहित आठ जना व्यक्तिहरु सम्मानित

काठमाडौँ– हास्यव्यंग्यकार तथा साहित्यकार चट्याङ मास्टर सम्मानित भएका छन् ।

शनिवार शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजित सम्मान समर्पण समारोहमा चट्याङ मास्टर कृष्ण मुरारी गौतम सहित आठजना राष्ट्रिय व्यक्तित्वलाई सम्मान गरिएको हो ।

समारोहमा ‘राष्ट्रझङ्कार सम्मान’बाट पूर्वप्रशासक तथा कूटनीतिज्ञ सूर्यप्रसाद श्रेष्ठ (ताप्लेजुङ), ‘भाषासेवा सम्मान’बाट भाषावैज्ञानिक डा.योगेन्द्रप्रसाद यादव (सिराहा), ‘समालोचना सम्मान’बाट समालोचक डा. सुषमा आचार्य (काठमाडौँ) र ‘कविताकाव्य सम्मान’बाट मुकुन्द शर्मा चालिसे (बागलुङ) सम्मानित भए ।

त्यस्तै ‘आमसञ्चार सम्मान’ हरिशरण आमा लक्ष्मी भुसाल (काठमाडौँ), ‘हास्यव्यंग्य सम्मान’ चट्याङ मास्टर (भक्तपुर)मा, ‘बालसाहित्य सम्मान’ डा.ध्रुव घिमिरे (नुवाकोट)मा र ‘अनुसन्धान सम्मान’ डा. षडानन्द पौड्याल (पर्वत) मा समर्पण गरिएको छ ।

सबैलाई सावित्री जङ्गम थापा, गोपाल पराजुली, हरिगोपाल प्रधान, शारदाप्रसाद शर्मा, कविप्रसाद प्याकुरेल, गीता अधिकारी, राजेन्द्र विरही र पूर्णबहादुर कर्माचार्यले अभिवन्दनापत्र, किरीट, भेटी, रुद्राक्षमाला र उपहारले सम्मान गरिएको थियो ।

सम्मानित व्यक्तित्वहरूलाई भरत जङ्गम, लीलादेवी श्रेष्ठ र दीपरत्न शाक्यका तर्फबाट थप उपहारहरू समर्पण गरिएका थियो । पन्तले गर्नुभएको थियो भने सञ्चालन हरि मञ्जुश्रीबाट गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?