मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यी हुन विश्वको सबैभन्दा कान्छी अर्बपति, कति छ सम्पत्ति ?

काठमाडौँ – फोर्ब्सले सन् २०२४ का लागि अर्बपतिको सूची सार्वजनिक गरेको छ । यस सूचीमा ब्राजिलकी १९ वर्षीय छात्रा लिभिया भोइग्ट विश्वकै कान्छी अर्बपति बनेकी छिन् ।

यस वर्ष फोर्ब्सले जारी गरेको सूचीमा युवाहरूको प्रभुत्व रहेको छ, जसमा २५ जना कम उमेरका अरबपतिहरूको नाम समावेश छ, जसको उमेर ३३ बर्ष वा सो भन्दा कम छ।

तिनीहरूसँग सामूहिक रूपमा ११० बिलियनको सम्पत्ति छ। विश्वकै कान्छी अर्बपति लिभिया भोइग्टले आफूभन्दा दुई महिना जेठी एस्सिलोर लुक्सोटिकाका उत्तराधिकारी क्लेमेन्ट डेल भेचियोलाई पछि पारेकी छन् ।

लिभिया भोइग्टको सम्पत्ति ल्याटिन अमेरिकामा विद्युतीय मोटरहरूको सबैभन्दा ठूलो निर्माता डब्लु एजीको सबैभन्दा ठूलो व्यक्तिगत शेयरधारक मध्ये एक हुन ।

सो कम्पनीको स्थापना उनका हजुरबुवा वर्नर रिकार्डो भोइग्टले स्वर्गीय अर्बपति एगोन जोआओ दा सिल्भा र गेराल्डो वेर्निङहाउससँग मिलेर गरेका थिए।

भोइग्ट हाल ब्राजिलको विश्वविद्यालयमा अध्ययन गर्दै छिन । लिभिया भोइग्टको कुल सम्पत्ति १।१ बिलियन डलर छ। उनकी जेठी बहिनी डोरा भोइग्ट डे एसिस पनि  २०२४ को सबैभन्दा कान्छो अरबपतिहरूको सूचीमा सात नयाँ अनुहारहरू मध्ये एक हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?