काठमाडौँ – अभिनेत्री कोपिला थापा सडक दुर्घटनामा परि गम्भीर घाइते भएकी छन् । भारतको पञ्जाबमा भएको सडक दुर्घटनामा परि उनीसँगै कारमा सवार यात्रु रुपा थापाको मृत्यु भएको र गोपाल नामका एकजना नेपाली घाइते भएको भारतीय संचारमाध्यमले जनाएका छन् ।
एक कार्यक्रममा सहभागि भएर पञ्चकुलातिर फर्किएको उनीहरुको चढेको कार ब्रेकफेल भएर २५ फिट तल खसेर ढलानमा बज्रिएको जनाइएको छ । दुर्घटना लगत्तै स्थानीय गाउँलेले आफ्नै गाढीमा चढाएर उनीहरुलाई चण्डीगढस्थित नेहरु अस्पताल पुर्याएका थिए ।
यो घटना एकसाताअघि भएको हो । अभिनेत्री थापालाई ढाडमा गम्भीर चोट लागेको छ । ढाडको शल्यक्रिया गरेर स्टिल राखिएपनि कम्मरभन्दा मुनिको शरिर चल्न नसकेको जनाइएको छ । तर, उनी बोल्न चाहिँ सक्ने भएकी छन् ।
चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले चलचित्र विकास बोर्डमा रहेको चलचित्र कल्याणकारी कोषमार्फत थापाको उपचारमा सघाउन पहल भैरहेको बताए ।
केही दिनअघि थापासँग आफ्नो कुरा भएको र दुर्घटनाबारे जानकारी लिएको अध्यक्ष निरौलाले बताए । फिल्म ‘महापुरुष’मा मदनकृष्णको पत्नीको रोलमा अभिनेत्री कोपिला देखिएकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया