काठमाडाैँ- प्राकृतिक चिकित्सा विज्ञ मानसाग्नि (डा. हरिप्रसाद पाेखरेल)ले ‘नइ उपकार कोष’का लागि एक लाख रुपैयाँ रकम प्रदान गरेका छन् ।
उनले आफ्नो ६१ औं जन्मदिनका अवसरमा ‘नइ उपकार कोष’का लागि रकम जम्मा गरेकाे नइका सदस्य सचिव नरेन्द्रराज प्रसाईले जानकारी दिएका छन् ।
नइ प्रकाशनले आर्थिक रूपमा कमजोर साहित्यकारको स्वास्थ्य उपचार, कृति प्रकाशन र अन्य सहयोगका लागि ‘नइ उपकार कोष’को स्थापना गरेको हो । ‘नइ उपकार कोष’को प्रयोजनका लागि मात्र बैंकमा १६ लाख रुपैयाँ अक्षयकोष जम्मा भइसकेको छ ।
नइ प्रकाशनको अक्षयकोष चाहिँ २ करोड ७७ लाख रूपियाँ रहेको छ । ‘नइ उपकार कोष’को अक्षय कोषलाई बढोत्तरी गर्दै लानका निम्ति नइ प्रकाशनले दाताहरूसँग आह्वान पनि गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया