मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘सिंघम अगेन’ पछि किन ब्रेक लिँदै छन् रणवीर–दीपिका ?

काठमाडौँ – बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोणको जोडी यतिवेला ‘सिंघम अगेन’को सुटिङमा व्यस्त छन् । 

पहिलो सन्तानको प्रतीक्षामा रहेको यो जाेडीले यसपछि भने अभिनयबाट ब्रेक लिन लागेको हो।

यो फिल्ममा दीपिकाले प्रहरी अधिकृत शक्ति शेट्टीको भूमिका निभाउँदै छिन् । फिल्ममा दीपिकाको चरित्र देखाइएको फस्टलुक सार्वजनिक भइसकेको छ ।

दीपिका ‘सिंघम अगेन’को आफ्नो हिस्साको सुटिङ पुरा गरेपछि केही समयका लागि ब्रेक लिने तयारीमा छिन । उनको तयारीमा रणवीरले साथ दिने निर्णय लिएका छन् ।

दीपिकाले ‘सिंघम अगेन’ पछि कुनै फिल्म साइन गरेकी छैनन् भने यसलाई आफ्नो सन्तानसँग सम्झन लायक समय बिताउने उनीहरूको चहानासंग जोडिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?