मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

लिओ झन्कारको एकल कला प्रदर्शनीमा प्रदर्शन गरिएका यस्ता छन् कलाकृतिहरु (फोटोफिचर)

काठमाडौँ– कलाकार लिओ झन्कारको एकल कला प्रदर्शनी भएको छ ।

बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा हाल जारी रहेको प्रदर्शनीमा झन्कारले आफ्नो ग्रामिण परिवेश, संस्कृति र वस्तुहरुलाई कलाको फर्ममा अभिव्यक्त गरेका छन् ।

नेपालको पूर्वी पहाडका सांस्कृतिक पक्षहरु उनका रेखाचित्रहरुमा प्रतिविम्बित छन् । हाँडी, नाङ्लो जस्ता उनका चित्रहरुमा देखिएका आकृतिहरुले भौतिक वस्तुहरुसँग जोडिएको उनको स्मरणलाई झल्काउँछन् ।

हलो, कुटो, कोदालो जस्ता वस्तुहरु मार्फत् उनले गाउँको कृषि प्रणालीलाई प्रस्तुत गरेका छन् । शहरीकरण र आधुनिकीकरणमो होडमा ओझेल पर्दै गएका परम्परागत वस्तु, शैली, संस्कृति तथा प्रकृति प्रेम उनका चित्रहरुले अभिव्यक्त गरेका छन् ।

आफ्नो कलाकृतिहरुले आफू बाँचेको परिवेश, संस्कार र त्यहाँको प्रेमलाई चित्रण गरेको कलाकार झल्कारको धारणा छ । प्रदर्शनी यही शनिवारसम्म जारी रहनेछ ।

कलाकृतिहरु :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?