मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

जब अमिताभ बच्चनले पुराना फिल्मको एक्सनका दिन सम्झिए….

काठमाडौँ – बीग बी का नामले समेत चिनिने अमिताभ बच्चन बलिउडमा लामो समयदेखि जोडिएका छन् ।

श्यामश्वेत फिल्म देखि अहिलेको रङ्गिन र उच्च प्रविधिका आजका दिनसम्मका कयौँ अनुभव र किस्साहरू उनीसँग छन् ।

यसै क्रममा सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले विगतमा हुने स्टण्ड सिनको छायांकनको किस्सा सम्झेका छन् । श्यामश्वेत फिल्मको त्यो जमानामा सुरक्षा र स्टण्डम्यान या बडी डब्बल जस्ता कुनै प्रविधि र सोचको विकास भइसकेको थिएन । 

बीग बीले पुराना याद दिलाउने फोटो शेयर गर्दै लेखेका छन् ‘एक्सन सिक्वेन्सका लागि ३० फिटको चट्टानबाट हामफाल्नु, न कुनै हार्नेस, न कुनै फेस रिप्लेसमेन्ट, न कुनै भिएफएक्स, यदि तपाई भाग्यमानी भए गद्दामा पर्नुहुन्थ्यो, ती पनि क्या दिन थिए । ’

उनले आफ्नो पुराना दिन सम्झेर पोस्ट गरेको केहि क्षणमै उनका फ्यानहरूले प्रतिक्रियाको बाढी नै ल्याइदिएका छन् । धेरैले बलिउडमा उनको योगदान र लगावको प्रशंसा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?