मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कहिले गर्ने बाइक सर्भिसिङ ? के-के कुरा विचार गर्ने ?

काठमाडौँ – नियमित सर्भिसिङ र मर्मतसम्भारले दुई चक्के सवारी साधनको आयु लम्बिन्छ भने दुर्घटना हुने सम्भावना समेत कम हुन्छ ।

तर मोटरसाइकल सर्भिसिङ गर्नुपरे तपाई हामी सबैले वर्कसपलाई जिम्मा दिन्छौँ। धेरैलाई त सर्भिसिङमा के के गरिन्छ भन्ने कुरा पनि थाहा नभएको हुन सक्छ।

आज हामी सर्भिसिङका बेला के के विचार गर्ने भन्ने बारे जानकारी दिँदै छौँ :

– एक हजारदेखि एक हजार दुई सय किलोमिटरसम्म गुडिसकेपछि बाइकको मोबिल फेर्नुपर्छ । लामो समयसम्म मोबिल नफेर्दा इन्जिनमा समस्या आउन सक्छ । गुणस्तरीय मोबिल छनोट गरेर हाल्नुपर्छ ।

– हरेक सर्भिसिङमा सवारीको प्लग सफा गरिएको हुनुपर्छ । तर १ हजार २ सयदेखि १ हजार ५ सय किलोमिटर गुडिसकेपछि प्लग सफा गर्नुु राम्रो हुन्छ । प्लग बिग्रेको छ÷छैन भनी प्लग क्यापमा प्लग राखेर जाँच गर्नुपर्छ । प्लगको सेटिङ गर्दा म्यानुअल वा मोटरसाइकलको सीसीअनुसार शून्य दशमलव ४ देखि शून्य दशमलव ७ मिमीसम्म प्लगको ग्याप राख्न उचित हुन्छ ।

– एयर फिल्टर जाँच गर्नुपर्छ । कडाखाले एयर फिल्टरलाई सर्भिसिङ गर्दा परिवर्तन गर्नुपर्छ । फोम एयर फिल्टरलाई सफा गर्न सकिन्छ । तर त्यो कति फोहोर भएको छ भन्नेमा परिवर्तन गर्ने कि सफा मात्रै भन्ने निर्धारण हुन्छ ।  

– सर्भिसिङका क्रममा कार्बोरेटर पनि जाँच गरिन्छ । कार्बोरेटरले इन्जिनलाई आवश्यकताअनुसार हावा र इन्धन पुर्‍याउने काम गर्छ । 

– ब्रेकको जाँचमा ध्यान दिन जरुरी छ । डिस्कब्रेकवाला मोटरसाइकलमा ब्रेक आयल पनि चेक गर्नुपर्छ । 

– इन्जिनको पावरलाई पछाडिको पाङ्ग्रासम्म पुर्‍याउने काम चेनले गर्छ । त्यसैले यसलाई सफा राख्नुपर्छ । सफा गरेपछि यसमा हल्का ग्रिज लगाउनुपर्छ । 

– सर्भिसिङका क्रममा फ्युलपाइप पनि चेक गरिन्छ । यसमा अवरोध हुँदा इन्धन चुहिने, इन्धन सर्कुलरमा असर पुगेर स्टार्ट नहुने, बीचबीचमा बाइक बन्द हुनेलगायत समस्या देखिन्छन् । 

– टायरको एयर प्रेसर जाँच गर्नुपर्छ । हावा कम वा धेरै हुँदा पनि बाइकको माइलेजमा असर गर्छ । एयर प्रेसरलाई समय–समयमा जाँच गरिराख्नुपर्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?