मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यी अभिनेत्री, जसले हिन्दी फिल्मको इतिहासमा लामो ‘किसिङ’ को रेकर्ड नै बनाइन्

काठमाडौँ – देविका रानीलाई भारतको पहिलो अभिनेत्रीका रूपमा चिनिन्छ ।

उनी प्रतिष्ठित अभिनेत्री, फिल्म निर्मात्री तथा गायिका थिइन् । जतिवेला महिलाले फिल्ममा काम गर्नु वेश्यावृत्तिभन्दा पनि गिरेको रूपमा मानिन्थ्यो त्यही समयमा देविका फिल्म उद्योगमा कदम राख्ने पहिलो नायिका बनिन् ।

उनी नै पहिलो भारतीय अभिनेत्री हुन् जसले पहिलो फिल्ममा नै देविकाले ४ मिनेटको लामो किसिङ सीन दिएर चारैतिर तहल्का मच्चाएकी थिइन् ।

यो दृश्य सन् १९३३ मा प्रदर्शनमा फिल्म  ‘कर्मा’ मा छ । हिन्दी फिल्मको इतिहासमा हिन्दी र अङ्ग्रेजी दुवै भाषामा बनेको उक्त फिल्ममा नै पहिलो पटक पुरुष र स्त्रीबीच ‘किस’ खाएको लामो दृश्य राखिएको थियो । 

हुन यो त्यो समय थियो जतिवेला विश्वमा कथानक सिनेमा शुरु भएको २७ वर्ष र भारतमा पहिलो चलचित्र ‘राजा हरिश्चन्द्र’ बनेको मात्र २० वर्ष भएको थियो,

१० वर्षको अभिनयको करियरमा देविकाले असाध्यै चर्चा बटुलिन् । फिल्मको सबैभन्दा ठूलो अवार्ड दादा साहेब फाल्के पाउने पहिलो कलाकार पनि देविका नै हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?