मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बलिउड अभिनेता गोविन्दा ‘शिवसेना’ प्रवेश

काठमाडौँ – बलिउड अभिनेता तथा काँग्रेस सांसद गोविन्दा शिवसेनामा प्रवेश गरेका छन् । 

उनले  बिहीबार मुम्बईमा राज्यका मुख्यमन्त्री एकनाथ शिन्दे र मिलिन्द देवराको उपस्थितिमा पार्टीको सदस्यता लिएका हुन् ।

निर्वाचनको पूर्वसन्ध्यामा उनको यो कदमलाई पुनः चुनाव लड्ने तयारीका रूपमा हेरिदा गोविन्दालाई उत्तर पश्चिम मुम्बईको लोकसभा सिटबाट शिवसेना र एनडीएले उम्मेदवार बनाउन सक्ने बताइएको छ ।

उनी यसअघि सन् २००४ मा उत्तर मुम्बई लोकसभा सिटबाट सांसद थिए । त्यतिबेला उनले भाजपाका वरिष्ठ नेता राम नाइकलाई पराजित गरेका थिए । तर सन् २००९ मा उनले राजनीतिबाट संन्यासको घोषणा गरेका थिए ।

शिवसेनाले उनलाई उठाउन लागेकै क्षेत्रबाट टिकट पाए यो चोटि उनको भिडन्त उद्धव ठाकरे समूहको शिवसेनाका अमोल कीर्तिकरसँग हुने छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?