मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

भीपीएनले कसरी काम गर्छ ?

काठमाडौँ– पछिल्लो समय नेपाल सरकारले टिकटकमाथि प्रतिबन्ध लगाएपछि भीपीएनको प्रयोग गरी टिकटक चलाउनेको सङ्ख्या बढेको छ ।

भीपीएनले तपाइलाई जियो–लक गरिएका सेवाहरू पहुँच गर्न अनुमति दिन्छ । तर धेरै मानिसलाई यसले कसरी काम गर्छ भन्ने बारेमा थाहा नहुन पनि सक्छ । आज हामी तपाइलाई भीपिएनले कसरी काम गर्छ भन्ने बारेमा जानकारी दिँदै छौ । 

भीपीएनले तपाइको उपकरणमा सुचारु रहुन्जेल तपाइको सबै डेटालाई इन्क्रिप्ट गर्दछ ।

र प्रयोगकर्ताको सम्पूर्ण जानकारी एक सुरक्षित मध्यवर्ती चरण पार गर्छ जसलाई भीपीएन सर्भर भनेर चिनिन्छ । जसले तपाईँको निजी जानकारी लुकाउँछ । 

तपाइको फोन, ट्याब्लेट, ल्यापटप वा पिसीजस्ता उपकरणमा भीपीएन कन्फिगर गरेपछि पृष्ठभूमिमा सजिलै चलिरहनेछ ।

भीपीएन निःशुल्क हुँदैनन् । यो एक निजी सेवा हो । यदि तपाइ निःशुल्क भीपिएन प्रयोग गरिरहनु भएको छ भने तपाईँले सुरक्षित हुनु पनि जरुरी छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?