मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

माइकल चेकवका साथ नेपालका रङ्गकर्मीले ‘माइकल चेकव पद्धति’को कार्यशाला गर्दै

काठमाडौँ– नेपालका २० जना रङ्गकर्मीहरुले अन्तर्राष्ट्रिय एकेडेमीका निर्देशक माइकल चेकवका साथ ‘माइकल चेकव पद्धति’ सिक्ने भएका छन् ।

कमलपोखरीस्थित रसियन हाउसमा चैत्र १७ गतेदेखि २६ गतेसम्म काठमाडौं प्रज्ञा कुन्ज स्कुल, भ्याली भ्यु स्कुल र न्यारेटिभ नेपालको सहयोगमा हुने कार्यशालामा रङ्गकर्मीहरु र प्रशिक्षकहरूलाई लक्षित गरिएको छ ।

कार्यशालाको मुख्य उद्देश्य रङ्गमञ्चमा विशिष्ट पद्धतिलाई फैलाउन रहेको रङ्गकर्मी टंक चौलागाईले जानकारी दिए ।
माइकलले विभिन्न देशमा ‘माइकल चेकव पद्धति’को तालिम दिँदै आएका छन् । नेपाल आउनु अघि रसियाको मस्कोमा थिए । युरोप । एसियाका धेरै देशमा उनको पद्धति चर्चित छ ।

नेपालका रङ्गमञ्चमा काम गर्ने रङ्गकर्मीहरुमा कुनै विशेष पद्धति नभएकै कारण यसले केही फरक अनुभव दिने विश्वास गरिएको छ । माइकल पद्धतिलाई गत वर्षदेखि ‘स्कुल थिएटर नेपाल’ले नेपालमा स्थापना गराउन थालनी गरेको हो ।

चौलागाईका अनुसार गत वर्ष यस पद्धतिको कक्षा सञ्चालन गर्न अमेरिकी नायिका, प्रशिक्षक, स्टन्ट वुमन लिजा डाल्टन आएकी
थिइन् । उनले दुई महिना लामो कार्यशाला चलाएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?