मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

आगामी चैत १६ गते आइइसी डिजाइनर रनवे हुने

काठमाडौँ – आगामी चैत १६ गते आइइसी डिजाइनर रनवे हुने भएको छ । जोय कस्मेटिक नेपालको प्रस्तुतिमा आगामी २०८० चंत १६ गते शुक्रबार काठमाडौंको होटल याक एण्ड यतीमा १३औं संस्करणको ‘आइइसी डिजाइनर रनवे’ फेसन शो हुन लागेको हो ।

आयोजकका अनुसार यो फेसन शोमा झण्डै आधा दर्जन सेलिब्रिटीले ¥याम्प नाप्नेछन् । कलेजकी प्रबन्ध निर्देशक शैलजा अधिकारीले नेपाली फेसन डिजाइनरको प्रचारप्रसार गर्दै उनीहरुले डिजाइन गरेका नेपाली फेसनका आकर्षक डिजाइन अन्तर्राष्ट्रियस्तरमा पु¥याउनु शोको उद्देश्य रहेको बताइन् ।

शोमा अभिनेत्री प्रियंका कार्की, नीति शाह, मिस नेपाल अस्मी श्रेष्ठ, मलिना जोशी, प्रियंका रानी जोशी, आँचल शर्मा, मिस्टर नेपाल समर्पणजंग कार्की, मोडल सबिता कार्की, जेड दीपिका गारेटलगायतले ¥याम्प नाप्न लागेका हुन् । शोमा उनीहरु ‘शो टपरका रुप’मा विभिन्न आकर्षक पहिरनसहित ¥याम्पमा प्रस्तुत हुने आयोजकले जनाएका छन् ।

शोमा भारत, रुस, सर्भियालगायत विभिन्न मुलुकका १३ अन्तर्राष्ट्रिय मोडलको समेत सहभागिता रहनेछ । नेपालका भने २६ मोडलले पहिरनका नयाँ र आकर्षक डिजाइनहरु प्रस्तुत गर्ने तालिका छ ।

अन्तर्राष्ट्रिय कोरियोग्राफर यतिन नरेन्द्र गान्धीको पनि सहभागिता रहने शोको व्यवस्थापन नेक्स्ट मोडल्स नेपालले हेरेको छ । नेक्स्ट मोडल नेपालका सीइओ रवि धमलाले अहिलेसम्मकै राम्रो र उत्कृष्ट फेसनको शोको रुपमा ‘आइइसी डिजाइनर रनवे’लाई प्रस्तुत गर्न लागेको बताए ।

शोमा आइइसी कलेजका २०२१ ब्याचका ७३ विद्यार्थी डिजाइनरहरुले तयार पारेका फरक फरक पहिरन १५ सिक्वेलमा प्रस्तुत हुनेछ । कलेजकी प्रबन्ध निर्देशक शैलजा अधिकारीले नेपाली फेसन डिजाइनरको प्रचारप्रसार गर्दै उनीहरुले डिजाइन गरेका नेपाली फेसनका आकर्षक डिजाइन अन्तर्राष्ट्रियस्तरमा पु¥याउनु शोको उद्देश्य रहेको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?