मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यस्ता छन्  कपालमा घिउकुमारी लगाउँदाका फाइदाहरू 

काठमाडौं– घिउकुमारी त हामी सबैलाई थाहा नै छ । यसलाई धेरै मान्छेहरूले जडीबुटीका रूपमा पनि लिने गर्छन् । त्यसैले हामीले प्रयोग गर्ने विभिन्न प्रकारका सौन्दर्यका सामग्रीहरूमा घिउकुमारीको प्रयोग भएको हुन्छ ।

यो पछिल्लो समय धेरै प्रयोग हुने गर्छ जस्तो सौन्दर्य निखार्नको लागि घिउकुमारीका पेस्टहरू बनाएर फेसमा लगाइन्छ । घिउकुमारीबाट विभिन्न किसिमका हर्बल कस्मेटिक प्राेडक्टको रूपमा एलोभेराको जेल, बडि लोसन, हेयर जेल, स्किन जेल, स्याम्पु, फेसियल फोमलगायतका घिउकुमारीका प्राेडक्टहरु पाइन्छन् ।

कपालमा घिउकुमारी लगाउँदाका फाइदाहरू 

घिउकुमारीले सुख्खा र सुस्त कपाललाई मोइस्चराइज गर्छ।  यसमा पाइने भिटामिन, एमिनो एसिड र मिनरल्सले कपाललाई लामो, बाक्लो र चम्किलो बनाउन मद्दत गर्छ।  घिउकुमारीकाे गुदी निकालेर कपालमा लगाएमा कपाल कालो, लामो, बाक्लो र मजबुत हुन्छ । घिउकुमारी जेल वा जुसलाई मेहन्दीमा मिसाएर कपालमा लगाएमा कपाल चम्किलो, स्वस्थ र लामो हुन्छ ।

एलोभेराबाट हेयर मास्क बनाउन एलोभेराका पातहरू राम्ररी सफा गरी त्यसलाई केही समयको लागि छोड्ने ताकि हानिकारक तत्त्वले पहेँलो पदार्थको रूपमा पातहरू छोड्छ ।

त्यसपछि चक्कुको सहायताले पातका किनाराहरू हटाएर छालासहितका पातहरूलाई सानो टुक्रामा काट्ने र केरासँग मिक्सरमा पिसेपछि एलोभेराको माक्स तयार हुन्छ  ।

त्यो माक्सलाई कपालमा लगाएर आधा घण्टा पछि कपाल पानीले राम्रोसँग धुने । यसो गर्दा एलोभेरामा पाइने एलोनिन कपालको लागि उत्तम तत्त्व हो ।

यसले कपाल झर्ने समस्याबाट बच्न मद्दत गर्छ । यसले हानिकारक पराबैंगनी किरणहरूलाई कपाललाई हानी हुनबाट रोक्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?