मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अस्पतालबाट बच्चा चोरेको आरोपमा पक्राउ परेकी महिलाविरुद्ध मुद्दा दर्ता

काठमाडौँ – थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालबाट शिशु चोरेको आरोपमा पक्राउ परेकी महिलाविरुद्ध मुद्दा दर्ता भएको छ ।

बच्चा चोरीको आरोपमा पक्राउ परेकी दैलेखको महाबु गाउँपालिका–६ कि मानकुमारी सिंहविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको हो ।

आइतबार न्यायाधीश माधव प्रसाद अधिकारीको इजलासमा मानकुमारीको बयान भइरहेको छ । काठमाडौंको कागेश्वर मनोहरा बस्दै आएकी २७ वर्षीया मानकुमारीविरुद्ध अपहरण तथा शरीर बन्धकको कसुरमा मुद्दा दायर भएको प्रहरीले जनाएको छ ।

मानकुमारीले अपहरण तथा शरीर बन्धकको कसुर गरेको भन्दै मुलुकी फौजदारी अपराध संहिताको दफा २१३ बमोजिम सजाय माग दाबी गरिएको छ ।

११ फागुनमा १२ बजेतिर काभ्रेकी एक जना महिलाको २६ दिनको शिशु मानकुमारीले चोरी गरेर लगेको आरोप छ । प्रहरीले सोही राति १२ बजेतिर काँडाघारीबाट ती महिलालाई पक्राउ गरेको थियो भने शिशुको उद्दार गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?