मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

नेपाल इन्टरनेशनल फिल्म फेस्टिभल

हरेक सिनेमा हेर्दा एउटै चश्मा लगाएर समीक्षा नगर्ने कि: प्रदीप भट्टराई

काठमाडौँ– निर्देशक प्रदीप भट्टराईले आफ्नो टिमले दर्शक र समीक्षक दुवैलाई मन पर्ने फिल्म मन पराउने फिल्म बनाउने खोजेको बताएका छन् ।

काठमाडौँमा जारी नेपाल इन्टरनेशनल फिल्म फेस्टिभल (निफ) ले आयोजना गरेको ‘फिल्म समीक्षाः ताली र गाली’ विषयको संवादमा उनले यस्तो बताएका हुन् ।

उनले आफूले ‘शत्रु गते’ निर्माण गर्दा दर्शकलाई केन्द्रमा राखेर फिल्म बनाएकाले समीक्षा राम्रो नआएको तर ‘जात्रा’ लाई समीक्षक र दर्शक दुवैले मन पराएको धारणा राखे ।

‘हामीले अहिले फिल्म समीक्षकले मात्र नभएर दर्शकले पनि मन पराउने खालको फिल्म बनाउनुपर्छ, जसले फिल्म उद्योगलाई मन पराएको होस्,’ उनले भने ।

उनले नेपाली फिल्ममा दर्शकले मन मनोरञ्जन खोज्ने तर समीक्षकले फिल्म ठ्याक्कै यस्तै हुनुपर्छ भन्ने खालको धारणा राख्ने पनि बताए ।

भट्टराईले पछिल्लो समय समीक्षाको स्वाद लाटो भएको र त्यही धारमा जान खोज्दा नेपाली फिल्मको स्वाद पनि लाटो हुने हो कि भन्ने लागेको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?