मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

रौतहटमा भारतीय लुटेराले गोली प्रहार गरेर ५२ लाख रुपैयाँ लुट्यो, ३ जना पक्राउ

रौतहट – रौतहटको पोरहा नगरपालिका–९ मा रहेको शिव मनि ट्रान्सफरमा प्रवेश गरेर भारतीय लुटेराले गोली प्रहार गरेर ५२ लाख रुपैयाँ लुटेको छ ।

शुक्रबार दिउँसो भारतीय तीनजनाको हतियारधारी लुटेराको समूहले मनि ट्रान्सफरमा प्रवेश गरेर नगद काउन्टरमा बसेका नितेष शाहलाई गोली प्रहार गरेर ५२ लाख रुपैयाँ लुटेको रौतहट प्रहरीका प्रवक्ता डीएसपी एलिजा गिरीले जानकारी दिइन् ।

उनका अनुसार शाहको टाउकोमा लक्षित गरी प्रहार गरेर गोली छल्दा कानमा लागेको छ । उनलाई उपचारका लागि वीरगञ्ज पठाइएको छ । भारतीय नम्बरको मोटरसाइलमा आएका उनीहरु ५२ लाख रुपैयाँ लिएर भारततर्फ भाग्न खोज्दा प्रहरीले पक्राउ गर्न सफल भएको छ ।

नेपाल प्रहरीले भारत बिहार मोतिहारीका मनिषकुमार यादव र राजाकुमार पासवान र सशस्त्र प्रहरीले चन्द्रभान सिंहलाई नगदसहित नै पक्राउ गरेको डीएसपी गिरीले जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?