मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

चर्चित ब्याण्ड ‘१९७४ एडी’ को फेसबुक पेज ह्याक

काठमाडौँ– चर्चित ब्याण्ड ‘१९७४ एडी’ को आधिकारिक फेसबुक पेज ह्याक भएको छ छ ।

आफूलाई बङ्गलादेशी मुस्लिम ह्याकरहरूको समूह बताउने ’साइबर क्रिमिनल फोर्स’ को साइबर आक्रमणको निशानामा ब्याण्डको पेजमा  परेको हो । 

झण्डै १ लाख २१ हजार फलोअर रहेको ब्यान्डको पेजमा पोस्ट भएको हेर्दा मंगलबार साँझ ९ बजेतिर ब्यान्डको फेसबुक पेज कब्जामा लिएको देखिन्छ । 

ह्याकरहरूले १९७४ एडीको पेजबाट आफूलाई फलो समेत गरेका छन् भने पेजको वालमा जथाभाबी पोस्ट गरिरहेका छन् । 

उनीहरूले बङ्गाली र अङ्ग्रेजी भाषामा विभिन्न  पोस्ट गरिरहेका छन् ।  ब्यान्डमा निराकर याकथुम्बा, मनोज कुमार केसी, सञ्जय श्रेष्ठ लगायत सदस्यहरू आबद्ध छन् । पेज ह्याक भएको बारे उनीहरूले कुनै प्रतिक्रिया दिएका छैनन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?