मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बलिउड अभिनेता सुनील शेट्टीको करियर : ४५ फिल्म फ्लप, ३५ ओटा रिलिज नै भएनन्

काठमाडौँ – ९० को दशकमा एक्सन हिरोको छवि बनाएका बलिउड अभिनेता सुनील शेट्टी करिब ३० वर्षदेखि बलिउडमा सक्रिय छन् ।

रोमान्टिक होस या कमेडी सबै भूमिकालाई न्याय गर्न सकेका उनका कयौँ चरित्र दर्शका मनमा बसेका छन् । तर यीनै अभिनेताका धेरै फिल्म बक्सअफिसमा सफल हुन सकेनन् ।

टिभीमा धमाल मच्चाउन सक्ने उनका धेरै फिल्मले बक्स अफिसमा राम्रो कमाई गर्न सकेनन् । जहाँ उनका करियरमा ४५ ओटा फिल्म त फ्लप नै भए ।

उनका घोषणा भएर बन्न नपाएका र सुटिङ शुरु भएर बीचमै रोकिएका फिल्मका सङ्ख्या पनि धेरै छन् । सङ्ख्याको कुरा गर्दा ३५ ओटा उनका फिल्म त रिलिज नै भएनन् ।

यद्यपि आफ्नो करियरमा १ सय भन्दा बढी फिल्म खेलेका उनले केही ब्लकबष्टर फिल्म समेत बनाएका छन् । छिट्टै उनी ‘वेलकम टु द जङगल’ मा पुनरागमन गर्दै छन् ।

‘बलवान’ फिल्मी यात्रा सुरु गरेका उनी उनी प्रोडक्सन हाउस पपकर्न इन्टरटेनमेन्ट प्राइभेट लिमिटेडका मालिक पनि हुन्।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?