मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सेलिब्रेटी

साउण्ड सिस्टम व्यवसायीसँगको लफडामा एलिनाको आत्मालोचना

काठमाडौँ– गायिका एलिना चौहानले यही फागुन २० गते पर्वतस्थित कुश्मामा आयोजित मगर महोत्सवमा गरेको व्यवहारलाई आफ्नो कमजोरी भन्दै आत्मालोचना गरेकी छिन् ।

साउण्ड सिस्टम व्यवसायीले एक विज्ञप्ति जारी गर्दै उनी उपस्थित कार्यक्रममा साउण्ड सिस्टम नै उपलब्ध नगराउने र माफी माग्नुपर्ने बताएपछि उनले सामाजिक सञ्जाल फेसबूकमार्फत आत्मलोचना गर्दै गल्ती स्वीकारेकी हुन् ।

‘गत हप्ता पर्वतको एउटा सांगीतिक कार्यक्रममा प्रस्तुतिका लागि पुग्दा त्यहाँ एउटा आकस्मिक घटना हुन पुग्यो, जुन नहुनुपर्ने थियो,’ एलिनाले भनेकी छिन्, ‘सो घटनामा तत्कालीन समयमा म आवश्यकताभन्दा बढी प्रतिकात्मक देखिन पुगेकाप्रति आत्मालोचना गर्दछु ।’

उनले सामान्य कमजोरीलाई माइकबाटै राखिदिने स्वभावलाई कमजोरीका रुपमा स्वीकार्न पनि अनुरोध गरेकी छिन् ।

यसअघि गायिका एलिना चौहानले गरेको अभद्र र अमर्यादित व्यवहारप्रति साउण्ड सिस्टम व्यवसायीले खेद प्रकट गर्दै विज्ञप्ति जारी गरेका थिए ।

एलिनाले पर्वतको कुस्मामा आयोजना गरिएको मगर महोत्सवमा साउण्ड इन्जिनियरसँग अभद्र व्यवहार गरेकी थिइन् । उक्त घटनालाई लिएर साउण्ड सिस्टम व्यवसायीले एलिनाले माफी नमागेसम्म साउण्ड सिस्टम उपलब्ध नगराउने बताएका थिए ।

साउण्ड व्यवसायीले एलिना चौहान उपस्थित हुने कुनै पनि कार्यक्रममा साउण्ड सिस्टम उपलब्ध नगराउने घोषणा गरेपछि एलिनाले आत्मालोचना गरेकी हुन् ।

विज्ञप्तिमार्फत उनीहरुले कलाकारलाई राष्ट्रको गहनाका रुपमा इज्जत गर्नुपर्छ भन्ने मान्यतामा विश्वस्त रहे पनि एलिनाले साउण्ड इन्जिनियरमाथि गरेको व्यवहारको विरोध गरेका थिए ।

मगर महोत्सवमा एलिनाले साउण्ड इन्जिनियरसँग विवाद गरेपछि त्यहाँ उपस्थित दर्शकले साउण्ड टेक्निसियनले कुटपिटको प्रयास समेत गरेका थिए ।

उक्त महोत्सवको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । उक्त महोत्सवमा एलिनाले गीत नै नगाई बाहिरिएको विवरणहरु पनि सार्वजनिक भएका थिए ।

यस्तो छ साउण्ड सिस्टम व्यवसायीको विज्ञप्ति:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?