मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सुनको मूल्यमा नयाँ रेकर्ड कायम,कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ – नेपाली बजारमा सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । आज सुनमा प्रतितोला १५ सय मूल्यवृद्धि भएर नयाँ रेकर्ड कायम भएको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधवार तोलामा १ लाख २३ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार  १ लाख २५ हजार रुपैयाँ कायम भएको हो । 

मंगलबार तोलामा १ लाख २३ हजार रुपैयाँ कायम भएको कीर्तिमान बनेको मूल्यमा बुधवार र बिहीबार थप बढेर उच्च बिन्दुमा पुगेको हो । यस्तै बिहीबार तेजाबी सुन पनि तोलामा १ लाख २४ हजार ४०० रुपैयाँमा कारोबार भएको छ । 

यसैबीच बिहीबार चाँदी तोलामा १ हजार ४७० रुपैयाँमा कारोबार भएको छ । यसअघि बुधवार चाँदीको मूल्य प्रतितोला १४ सय ४० रुपैयाँ कायम थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?