मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अब १५ दिन नमेटिने घाउको छायाङ्कन बुढीमेलामा

काठमाडौँ – फिल्म नमेटिने घाउ छायाङ्कनका लागी चन्द्रनिगाहपुर पुगेको छ । निर्देशक अभिनेता रमित ढुङ्गानाका अनुसार फिल्मका ३० प्रतिशत छायाङ्कन सकिएको छ ।

यहि फागुन १४ गते पोखराबाट फिल्मको छायाङ्कन सुरु गरिएको हो । पोखराबाट चन्द्रनिगाहपुर पुगेको फिल्मको टिम अब १५ दिन बुढीमेला भन्ने गाउँमा छायाङ्कनमा व्यस्त रहनेछ ।

तेजाब आक्रमणमा परेकी वीरगन्जकी मुस्कान खातुनको जीवनीमा आधारित रहेर निर्माण हुन लागेको फिल्मका निर्माण नियन्त्रक भोला सुवेदी हुन् । शिवम् अधिकारीको पटकथा तथा संवाद रहेको फिल्ममा ५ जना तेजाब आक्रमणमा परेकाहरूको कथालाई समावेश गरिएको छ ।

पूर्व प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी ओली र सांसद ज्ञानेन्द्र शाहीको समेत अभिनय रहने बताइएको छ । सुरवीर पण्डित, रचना गौतम, रामचन्द्र अधिकारी, सिम्रन खड्का, प्रभात ठकुरी लगायतको कलाकारको मुख्य भूमिका रहने फिल्मका छायाकार नीरज कँडेल हुन् ।

रमित ढुंगाना फिल्म प्रोडक्सन प्रा.लीको ब्यानरमा बन्न लागेको फिल्म चन्द्रनिगाहपुरपछि काठमाडौँ, भक्तपुर र काभ्रे पनि छायाङ्कन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?