मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

काममा फर्किइन् नम्रता

काठमाडौँ – अभिनेत्री नम्रता श्रेष्ठ सर्ट फिल्म ‘मेरिओनेट्स’बाट काममा फर्किएकी छिन् । सामाजिक कथावस्तुमा बनेको छोटो एनिमेटेड फिल्म ‘मेरिओनेट्स’मा नम्रताले भ्वाइस एक्टरको भूमिकामा काम गरेकी हुन् ।

सामाजिक कथावस्तुमा तयार पारिएको छोटो एनिमेटेड फिल्म ‘मेरिओनेट्स’मा नम्रताले भ्वाइस एक्टरको भूमिकामा काम गरेकी हुन् । सोमबार सार्वजनिक भएको यो फिल्म सामाजिक सञ्जालमा सेयर गर्दै उनले उत्साह व्यक्त गरेकी छिन् ।

प्राज्निक अवस्थी निर्देशित छोटो एनिमेटेड फिल्ममा नम्रता र अनुष्का पाण्डेको स्वर छ । जेसन कुँवरले संगीत दिएका छन् । अष्ट्रेलिया स्क्रिन क्यानबेरा नामक कम्पनीसँग मिलेर यो छोटो फिल्म निर्माण गरिएको हो । फिल्ममा नम्रताले आमाको क्यारेक्टरमा आवाज दिएकी छन् भने अनुष्काले छोरीको भूमिकामा आवाज दिएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?